समृद्धिको मोडल दिन प्रधानमन्त्रीको आग्रह

समृद्धिको मोडल दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा आर्थिक समृद्धिको आधार तयार गर्नु मुख्य चुनौती रहेको बताएका छन् । भूकम्प, नाकाबन्दीलगायतले मुलुकको अर्थतन्त्र धरासायी भएको उनको भनाइ छ । नेपाल आर्थिक संघले मंगलबार राजधानीमा अयोजना गरेको गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

‘एकातिर प्रतिकूल अवस्थामा नयाँ संविधान कार्यान्वयन गर्ने चुनौती छ, अर्कोतिर मुलुकमा सुशासन कायम गरी आर्थिक समृद्धिको आधार खडा गर्नु छ’ प्रधानमन्त्री दाहालले भने, ‘पुनर्निर्माणका काम पनि उत्तिकै चुनौतीपूर्ण छन् ।’ मुलुकको आर्थिक अवस्था भयावह भएको बेलामा आफू प्रधानमन्त्री भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भूकम्प र नाकाबन्दीका कारण आर्थिक सूचक ओरालो लागेको बताए । ‘मूल्यवृद्धि १० प्रतिशत, आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम, व्यापार घाटा बढेर सात खर्ब पुगेको छ’,उनले भने, ‘एकसाथ सामाना गर्नुपरेको प्रतिकूल अवस्थाबाट मुलुकले आर्थिक क्षति व्यहोर्नुपरेको छ ।’

प्रधानमन्त्री दाहालले स्वदेशी सीप, श्रम र पुँजीको परिचालनबाट देशको समृद्धिका लागि विकासको मोडल बनाउन अर्थशास्त्रीसँग आग्रह गरे । युवा परिचालन गरेर आर्थिक विकास गर्नुपर्नेमा उनको जोड छ । त्यसका लागि अर्थशास्त्रीले मुलुकभित्र आर्थिक सृजनशीलताका आधार खडा गर्नुपर्ने उनले बताए ।

‘रेमिटेन्सले मुलुक धानिएको छ तर रेमिटेन्स दिगो स्रोत भने होइन’, उनले भने, ‘रेमिटेन्सलाई पुँजी निर्माणको आधार बनाएर युवालाई मुलुकभित्रै उत्पादनशील क्षेत्रमा लगाउनुपर्छ, यसको ठोस मोडल अर्थविद्ले बनाउनुपर्छ ।’

संघको रजत जयन्तीको अवसर पारेर अयोजना गरिएको गोष्ठीमा संघीय प्रणालीमा अन्तरसरकारी वित्तीय सम्बन्धका विषयमा छलफल भएको थियो । गोष्ठीमा अर्थशास्त्री डा.गोविन्द नेपाल र डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीमा संघका अध्यक्ष प्राडा विश्वम्भर प्याकुर्‍यालले मन्त्रीहरू रिवन काट्न र अनावश्यक कार्यक्रममा जाने परिपाटी रोक्नुपर्ने बताए । ‘मन्त्री सार्वजनिक कार्यक्रममा गएर विकास निर्माणको ठूलो भाषण गर्छन् तर सिन्को पनि भाँच्दैनन्’ उनले भने, ‘सबै मन्त्रीलाई विकास निर्माण र आर्थिक समृद्धिमा जवाफदेही बनाउन प्रधानमन्त्रीले उनीहरूको कामको मूल्यांकन गरिरहनु पर्छ ।’

संघका निवर्तमान अध्यक्ष प्राडा मदनकुमार दाहालले मुलुकको आर्थिक समृद्धि, सुशासन, शान्ती र अमन चयनमा लाग्न सरकारलाई सुझाव दिए । उनले भविश्वमा उत्पन्न हुने आर्थिक संकटबाट मुलुकलाई जोगाउन सतर्क रहनुपर्नेमा पनि जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.