सर्वोत्कृष्ट निजामति पुरस्कार सुवेदीलाई

सर्वोत्कृष्ट निजामति पुरस्कार सुवेदीलाई

काठमाडौः  निजामति कर्मचारी दिवसको अवसरमाअर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्टरुपमा पुरस्कृत गरिएको छ ।
अनुसन्धान आयोगमा रहेको बेला उत्कृष्ट काम गरेको भन्दै सुवेदीलाई सर्वोत्कृत पुरस्कार प्रदान गरिएको हो । उनलाई दुई लाख नगद राशि र कदरपत्रसहितको सर्वोत्कृष्ट निजामती पुरस्कार प्रदान गरिएको हो ।

निजामति दिवसका अवसरमा निजामती प्रशासनका १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ ।

उत्कृष्ट निजमाति पुरस्कार महान्याधिवक्ताको कार्यालयका सहमहान्याधिवक्ता किरण पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव देवेन्द्र कार्की, लोकसेवा आयोगका सहसचिव खगेन्द्रप्रशाद सुवेदी, महालेखा नियन्त्रकको कार्यलयका उपमहानियन्त्रक गजेन्द्रबहादुर श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।

त्यस्तै गृह मन्त्रालयका उपसचिव प्रदीपराज पौडेल, कानुन न्याय, संसदीय मन्त्रालयका उपसचिव हुमबहादुर केसी, महालेखा परीक्षकको कार्यायका निर्देशक माधवप्रसाद लामिछाने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव हरिबाबु पोखरेल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव गोकुल बस्नेत, खानेपानी तथा सरसफाई कार्यालय बझाङका ईञ्जिनियर कृष्णबहादुर बोगटीलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको हो ।

त्यस्तै निजामति सेवा पुरस्कारतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव बिसुकुमार केसी, जिल्ला वन कार्यालय चितवनका अधिकृत गणेश राय, विद्युत विकास विभागका सिडिई बरुणकुमार झा, भन्सार विभागका निर्देशक अच्युतप्रसाद शिवाकोटी, पुरातत्व विभागका अधिकृत दामोदर गौतम, सिचाई विकास डिभिजन दाधिङका सिडिई राजेन्द्र महतो, जिल्ला शिक्षा कार्यालयका उपसचिव दिपेन्द्र सुवेदी, सामान्य प्रशासन मन्त्रालयक उपसचिव गोमादेवी चेम्जोङले पुरस्कार पाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका मेकानिकल सिडिई विष्णु प्रधान, उपराष्ट्रपति कार्यालयका उपसचिव नारायणबहादुर कुँवर, सर्वोच्च अदालतका उपरजिष्ट्रार ईन्दिरा शर्मा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत बाल विक्रम कडेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मेकानिकल ईञ्जिनियर दिपकप्रकाश देवकोटा, निजामति सेवाबाट पुरस्कृत भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका शाखा अधिकृत राजेश उप्रेती, शहरी विकास तथा भवन निर्माण विभाग डि का रुपेन्देहीका ईञ्जिनियर खड्गबहादुर चौधरी, कृषि विकास मन्त्रालयका कृषि अर्थ विज्ञ यादव पद्मोज्योती, राष्ट्रपतिको कार्यालयका शाखा अधिकृत दशरथ राई, अख्तियारका शाखा अधिकृत टेकराज भुसाल, नेपालका लागि स्थायी नियोग न्यूर्योका शत्रुध्वन प्रसाद पोखरेललाई पुरस्कुत गरिएको हो ।

जिल्ला अदालत सप्तरीका शाखा अधिकृत महेन्द्रप्रशाद यादव, महिला तथा बालबालिका विभागका शाखा अधिकृत निरा अधिकारी, जिल्ला अस्पताल ईलामका नायब सुब्बा रिता अधिकारी, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका खरिदार छत्रबहादुर मादेन, जिविस गोरखाका धुर्वराज पराजुली, महिला तथा बालबालिका कार्यालय अर्खाखाँचीका पुष्पा भुसाललाई निजामति सेवा पुरस्कार दिइएको छ ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय चितवनका कृष्णकुमारी श्रेष्ठ, गोश्वारा हुलाक कार्यालय सुन्धाराका दिवाकार खनाल, भूमि सुधार तथा व्यवस्था मन्त्रालयका भवानी प्रसाद उपाध्याय, प्रधानमन्त्री कार्यालयका अम्बिका गुरुङ, क्षेत्रिय निर्वाचन कार्यालय मोरङका शंकर शाहलई निजामति सेवा पुरस्कार दिइएको हो ।

यस वर्षको निजामती सेवा दिवसको मूल नारा ‘सेवामैत्री प्रशासनः सङ्घीयतामा सुशासन’ रहेको छ । स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासन सेवामा हाल करिब ८० हजार कर्मचारी कार्यरत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.