कसैको स्वार्थका लागि संविधान संशोधन हुँदैनः पोखरेल

कसैको स्वार्थका लागि संविधान संशोधन हुँदैनः पोखरेल

धनकुटाः एमालेका महासचिव ईश्वर पोखरेलले कुनै ठोस् एजेण्डा बिना संविधान संशोधन हुन नसक्ने बताएका छन् । धनकुटाको पाख्रीवासमा सुरु प्रदेश एकको कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कसैको स्वार्थको लागि संविधान संसोधन नहुने बताएका हुन् ।

‘सत्तामा पुर्याउने भर्याङ बनाउन संविधान संशोधन हुँदैन,’ उनले भने, ‘संविधानको विषयमा संसदमा  संवैधानिक बहस हुन्छ भने त्यो मान्य हुन्छ ।’

उनले सामाजिक सद्भाव खलवलिने र राष्ट्रिय एकता आँच आउने गरि संविधान संशोधन भए त्यो एमालेलाई मान्य नहुने बताए ।

संविधानलाई कार्यान्वयन गर्ने खोजिएको बेला सत्ताको लालचाले समझदारी भत्काएको आरोप पोखरेलको छ । उनले संविधान निर्माणमा जसरी दलहरु बीच एकता भएको थियो त्यसैगरी कार्यान्वयनमा पनि सहकार्य हुन जरुरी रहेको उल्लेख गरे ।

२०६४ माघ ७ गतेभित्र स्थानीय तहको निर्वाचन नभए संवैधानिक र राजनैतिक संकट हुने विषयमा सरकार गम्भीर नभएको अरोप समेत पोखरेलको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.