मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङवासी समस्यामा

मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङवासी समस्यामा

ताप्लेजुङः गत शनिबार बिहान गएको पहिरोले अवरुद्ध बनाएको राजमार्ग नखुल्दा ताप्लेजुङ सदरमुकाममा दैनिक उपभोग्य वस्तु साथै ग्यास पेट्रोल लगायतका अत्यावश्यक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको छ ।

अविरल वर्षा पछि  शनिबार राति गएको पहिरोले मेची राजमार्गको खोक्सेखोला–ल्याङ्बा–सदरमुकाम सडक खण्डको करिब १४ किलोमिटर क्षेत्रभित्र क्षति पुर्याएको थियो । उक्त सडकको ल्याङ्बा–बहानन्दे खण्डमा सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ ।

धेरै क्षति भएकाले सडक खुलाउन कम्तिमा पनि एक साता लाग्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । यस क्षेत्रको सडकको अधिकांश भागमा पहिरो थुप्रिएको छ भने धुसेनी भीर, अँधेरी, मेवाराजा, बहानन्दे क्षेत्रमा सडक नै भत्किएर पहिरो गएको छ ।

पहिरोले सडक अवरुद्ध हुँदा झापाको विर्तामोडबाट लोड भएर आएका मालवहाक ट्रकहरु बाटोमै अलपत्र परेका छन् । चाडपर्व नजिकिदै गइरहेका बेला पहिरोले लामो समयसम्म सडक अवरुद्ध हुँदा आफुहरु मारमा परेको भन्दै ताप्लेजुङवासीले भने अवरुद्ध सडक छिटो खुलाइदिन सम्बन्धित निकाय सँग माग गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.