अनशन तोड्न गङ्गामायालाई राष्ट्रपतिको आग्रह

अनशन तोड्न गङ्गामायालाई राष्ट्रपतिको आग्रह

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत गङ्गामाया अधिकारीलाई अनशन तोड्न आग्रह गरेकी छन् ।

विगत छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीको रक्षार्थ ‘गङ्गामाया बचाउ’ अभियानसम्बद्ध मानवअधिकारकर्मीसँगको भेटमा आज राष्ट्रपति भण्डारीले गङ्गामायाको कदमलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै न्यायका लागि अनशनरत उनले अनशन तोड्नुपर्ने विचार व्यक्त गरे ।

राष्ट्रपति भण्डारीले कुनै पनि व्यक्तिले न्यायका लागि आफ्नो जीवन दाउमा राख्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्त दुर्भाग्यपूर्ण भएको बताइन ।

मानवअधिकारकर्मी इन्द्र अर्यालले गङ्गामायालाई न्याय दिलाउने अभियानमा मानवअधिकारकर्मीको साथ र सहयोग सदैव रहने र सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहने बताए ।

उक्त अभियानअन्तर्गत प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबारलगायत स्थानमा पटक पटक धर्ना कार्यक्रम गरिसकिएको छ ।

विसं २०६१ मा मारिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसादको हत्यारामाथि कारबाहीको माग गर्दै छ वर्षदेखि गङ्गामाया अनशन बस्दै आएकी छन् । सँगै अनशनमा रहेका श्रीमान् नन्दप्रसाद अधिकारीको ३३४ दिनमा निधन भएपछि गङ्गामाया एक्लैले अनशनलाई निरन्तरता दिदै आएकी छन् ।

गंगामायाले न्याय नपाएसम्म श्रीमानको शव नबुझ्ने बताएपछि उनको शव अझै टिचिङ अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.