पोखरेली व्यवसायीलाई चुनाव लाग्यो

पोखरेली व्यवसायीलाई चुनाव लाग्यो

पोखराः पोखराका उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको अधिवेशन नजिकिएसँगै चुनावी चहलपहल सुरु भएको छ । ३१ भदौदेखि सुरु हुने अधिवेशनले छान्ने नयाँ अध्यक्ष, अन्य पदाधिकारी तथा सदस्य गरी २४ पदका लागि ५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म थियो ।

सबैभन्दा धेरै उम्मेदवारी अध्यक्षमा ६ जनाको परेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत महŒवपूर्ण पदसहित सदस्यमा गरी १० जना उम्मेदवार महिला छन् ।

अध्यक्षसहित पदाधिकारी सात, खुला सदस्य १०, कर्पोरेटतर्फ दुई सदस्य, उद्योगतर्फ एक सदस्यलगायत गरी २४ पदमा निर्वाचन हुनेछ । अध्यक्षले मनोनीत गर्ने चार र निवर्तमान अध्यक्षसहित संघको कार्यसमिति २९ सदस्यीय हुने व्यवस्था विधानले गरेको छ ।

अध्यक्षमा ईश्वरप्रसाद कर्माचार्य, विश्वशंकर पालिखे, देव क्षेत्री, धनीराम बराल, नारायण कोइराला र हीरा भट्टराईले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका संयोजक दीपक श्रेष्ठका अनुसार उम्मेदवारी दर्ता गर्न अध्यक्षलाई २५ हजार, पदाधिकारीलाई १५ हजार र सदस्यलाई १० हजार रुपैयाँ तोकिएको थियो । अध्यक्षका दाबेदारमध्ये क्षेत्री अहिलेको कार्यसमितिमा प्रथम उपाध्यक्ष छन् । पालिखे, कर्माचार्य, कोइराला र भट्टराई सदस्य हुन् । बराल भने अघिल्लो कार्यसमितिमा सदस्य थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा मीनराज काफ्ले र रवीन्द्रबहादुर प्रजूको उम्मेदवारी परेको छ । काफ्ले अहिले द्वितीय उपाध्यक्ष र प्रजू महासचिव छन् । संघमा वाणिज्यतर्फको उपाध्यक्षमा केदारनाथ भट्टराई, विन्दु कोइराला सुवेदी र सुरेश अधिकारीको उम्मेदवारी परेको छ ।

नयाँ अध्यक्ष, अन्य पदाधिकारी तथा सदस्य गरी २४ पदका लागि ५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उद्योगतर्फको उपाध्यक्षमा सीता गुरुङ र गोर्कण कार्कीले उम्मेदवारी दिएका छन् । दामु अधिकारी र लक्ष्मी क्षेत्री पाण्डेले महासचिवमा उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा जनकराज पराजुली र पवन प्रजापति तथा उपमहासचिवमा नवीन बराल, अर्जुन पोख्रेल र धर्मराज अर्यालको उम्मेदवारी परेको छ ।

१० खुला सदस्यका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । खुला सदस्यमा सीता बराल, चिनुकुमारी गुरुङ, गोमा ढकाल, गीताकुमारी तिवारी, पवित्रादेवी गुरुङ, कुमारी बास्तोला, यदुनाथ अधिकारी, गिरधारी शर्मा, प्रेमप्रसाद पौडेल, बलराम आचार्य, देवकृष्ण काफ्ले, महेश्वर पोखरेल, प्रेमबहादुर भुजेल, अर्जुन खनाल, किसान सुनार, हिमालय बख्रेल, नवराज त्रिपाठी, हरिराज पन्त, कृष्णबहादुर रानाभाट, अनील सिग्देल र सुरेन्द्रमान बिजुक्छेको उम्देवारी परेको छ ।

दुई कर्पोरेट सदस्यमा कमलबहादुर बस्नेत र नरेन्द्र बास्तोलाको उम्मेदवारी परेको छ । उनीहरू निर्विरोध भएका छन् । चार वस्तुगत सदस्यमा गिरधारी अधिकारी, नारायणप्रसाद पौडेल, यमनाथ पौडेल, तारानाथ ढुंगाना, केपी शर्मा, यमनाथ तिमिल्सिना, माधवप्रसाद पौडेल र देवबहादुर भुजेलले उम्मेदवारी दिएका छन् । उद्योगतर्फको एक सदस्यमा मोहनबाबु खड्का र हिरामणि पण्डितको उम्मेदवारी परेको छ ।

पोखरा उद्योग वाणिज्य संघमा दुई हजार सात सय ४९ मतदातामध्ये साधारण दुई हजार ६ सय २७, उद्योगतर्फ ४५, कर्पोरेटतर्फ ५४ र वस्तुगततर्फ २३ सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.