प्रहरी र चोरबीच गोली हानाहान

प्रहरी र चोरबीच गोली हानाहान

काठमाडौं: प्रहरी र चोरबीच थानकोट माथिको चिहानडाँडा जंगलमा गोली हानाहान भएको छ ।

ना १ ज ३९४८ नम्बरको 'टाटासुमो गोल्ड' गाडीमा आएका चार जनाले प्रहरीमाथि दुई राउण्ड फायर गरेपछि प्रहरीले जवाफी दुई राउण्ड फायर गरेको थियो ।

गाडीमा शंकास्पद समान ल्याएको आशंकामा प्रहरीले चेकजाँच गरेको थियो । प्रहरी देखेपछि चोरहरु जंगलतिर भागेका थिए ।
गाडी भित्र दुई चौडाई र साढे एक फिट उचाईको पैसा राख्ने 'सेफ' फेला पारेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी पद्युम्न कार्कीका अनुसार चोरले गोली फायर गरेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको हो । कार्कीले भने–'अहिलेसम्म कोही हताहत भएको खबर आएको छैन । फरार चोरको खोजीका लागि चिहान डाँडा र चन्खद्रागिरी जंगलमा प्रहरी परिचालन गरिएको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.