पहिरोले पुरिएर चारको मृत्यु
कास्कीः कास्कीको लेखनाथमा पहिरोले पुरिएर चाल बालबालिकाको ज्यान गएको छ ।
लेखनाथको खरानी फाँटमा खसेको पहिरोले दुई घर परेको थियो । पहिरोमा पुरिएर १४ वर्षका निसान सुनार, १० वर्षकी रजिना सुनार, आठ बर्षकी अञ्जीला सुनार र तीन बर्षका सल्मान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर माया सुनार र चन्द्रकला सुनार घाइते भएका छन् ।