पहिरोको डरले सारिँदै बस्ती

पहिरोको डरले सारिँदै बस्ती

सन्धिखर्कः सन्धिखर्क नगरपालिका ९ खाँचीकोट भुजुंगेमा जमिन भास्सिएपछि ५६ घर परिवार त्रासमा बाँचिरहेका छन् । वर्षात्को समयमा जमिन भासिने क्रम बढेपछि स्थानीय त्रसित भएका हुन् ।

यहाँका अधिकांश घर चर्किका छन् । सिंगो बस्ती भएको डाँडो भास्सिएको छ । रात नपरे पनि हुन्थ्यो जस्तो लाग्ने गरेको स्थानीय शुभकला नेपालीले गुनासो पोखिन् । जिल्ला दैविक प्रकोप उद्धार समिति अर्घाखाँचीको पहलमा भूगर्भविद्को समूहले स्थलगत निरीक्षण गरेपछि यहाको बस्ती पहिरोको उच्च जोखिममा रहेकोले स्थानान्तरण गर्न निर्देशन दिएको छ । जुनसुकै समयमा बग्न सक्ने भएकाले तत्काल बस्ती सार्नु पर्ने निष्कर्ष विज्ञहरूले निकालेका हुन् ।

जोखिमयुक्त क्षेत्रमा ५६ घर परिवारमध्ये ५१ दलित घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँ पढेलेखेका र टाठा बाठा छैनन् । उनीहरूको पहुँच नपुगेका कारणले गर्दा जोखिम मोलेरै भए पनि दुई वर्षदेखि बस्नु परेको उनीहरूले गुनासो गरे ।

जिल्ला दैविक प्रकोप उद्धार समितिले भुजुंगेको बस्ती सार्न उपयुक्त स्थानको खोजी गर्न र स्थानीयको भावना समेटेर अगाडि बढ्न कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनालको संयोजकत्वमा सर्वदलीय टोलीलाई जिम्मा दिएको छ ।

बस्ती सार्न स्थानीयको मनोभावना बुझ्न जिल्लाको सर्वदलीय टोलीले भुजुंगेमा गएर स्थानीयसँग अन्तक्र्रिया गरेको छ । कांग्रेस सभापति खनालको संयोजकत्वमा गएको सर्वपक्षीय टोलीले बस्ती सर्ने विषयमा स्थानीयको भावना बुझेको हो ।

सर्वपक्षीय टोलीसँग स्थानीय पहिरोको उच्च जोखिममा रहेका बासिन्दाले आवाससहित खेतीपाती गरेर खान मिल्ने स्थानमा लैजान आग्रह गरे । सकेसम्म सन्धिखर्क नगरपालिकाभित्र र नभए खेती गर्न मिल्ने जग्गासहित आवासको समेत व्यवस्था गरी बस्ती सार्नुपर्ने स्थानीय गणेश हितांगले आग्रह गरे ।

तीन स्थानमा १ सयदेखि २ सय ५० मिटर लम्बाइ २० देखि ३० मिटर चौडाइका ठूला पहिरोहरू र चारवटा साना पहिरो गएका छन् । वर्षात्को समयमा बढी पानी निस्कने चारवटा मूल पनि रहेका छन् ।

स्थानीयवासीसँग छलफल गर्न कांग्रेस सभापति खनालसहित, एमालेका जिल्ला सचिव रामबहादुर चौहान, माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर विक, राप्रपाका जिल्ला अध्यक्ष देवीबहादुर खड्का, राजमोका सागर केसीलगायतको टोलीले पहिरोपीडीतसँग छलफल गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.