एक व्यापारीको अनौठो लक्ष्यः जो एक सय सन्तान जन्माउन चाहन्छन्
एजेन्सीः पाकिस्तानका एक व्यापारीको अनौठो लक्ष्य सुन्दा अचम्म नमान्नुहोस् उनको जीवनको लक्ष्य नै यही हो ।
अहिलेसम्म उनका ३५ सन्तान छन् । ४३ वर्षीया सरदार जन मुहम्मदका तीन श्रीमतीका २१ छोरी र १४ छोरा गरी अहिलेसम्म ३५ सन्तान भइसकेका छन् । तर, उनी एक सय सन्तानको बाबु बन्न चाहन्छन् ।
पेशाले व्यापारी रहेका मुहम्मदले भनेका छन्, ‘मेरो लक्ष्य एक सय सन्तान जन्माउने हो ।’ अहिले ३५ चोराछोरी तीन श्रीमतीसहित ३९ जनाको परिवारमा बस्दै आएका उनको दैनिकी भने सामान्य मानिसको जस्तै छ ।
जन मुहम्मद सकेसम्म आफ्ना ३५ सन्तानसँगै दिन बिताउन चाहन्छन् । सबै छोराछोरी सँगै खेलिरहेका भेटिन्छन् । उनले सबै सन्तानसँग खुशी साथ बसेको र सबै सन्तानलाई समान शिक्षा दिने उद्देश्य रहेको समेत बताएका छन् ।
जन मुहम्मद एक सय सन्तानका लागि चौथो विवाहको तयारीमा छन् । उनी चार श्रीमतीबाट एक सय सन्तानको पिता बन्न चाहन्छन् ।