शुक्रबारदेखि दोस्रो धार्मिक सम्मेलन
काठमाडौँ: सनातन हिन्दू मोर्चाले शुक्रबारदेखि राजधानीमा दोस्रो राष्ट्रिय धार्मिक सम्मेलन गर्ने भएको छ ।
धार्मिक-आध्यात्मिक शक्तिकेन्द्र निर्माण गर्ने लक्ष्यसहित हुन लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । सम्मेलनमा दुई सय बढी धार्मिक संघसंस्थाको सहभागिता रहने सनातन हिन्दू मोर्चाका महासचिव पुष्पराज पुरुषले बताए।
नेपालको संविधान–२०७२ मा वैदिक सनातन हिन्दू राष्ट्र हटाई जनताको चाहना विपरीत धर्मनिरपेक्षता लादिएको भन्दै मोर्चाले सम्मेलनमार्फत् हिन्दूराष्ट्र नेपाल कायम गराउन नयाँ रणनीति बनाउने मोर्चाका अध्यक्ष प्रा.डा.माधव भट्टराईले जानकारी दिए।
करिब छ सय धार्मिक नेता तथा साधुसन्तको सहभागिता रहने सम्मेलन राजधानीको ढुंगेधारामा रहेको वनस्थली पार्टी प्यालेसमा हुने महासचिव पुरुषले जानकारी दिए।