मेट्रो स्टेसनको नयाँ सुरुङ्ग भत्किँदा चारको मृत्यु
तेहरान: तेहरानको मेट्रो स्टेशन सञ्जालको निमार्ण भईरहेको नयाँ सुरुङ्ग भत्किँदा चार कामदारको मृत्यु भएको छ। इरानको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले बिहीबार उक्त घटनाबारे जानकारी दिएको छ।
दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन्। घाइतेहरुमा केही अफगान शरणार्थीसमेत रहेका छन्। निमार्ण भईरहेको नयाँ सुुरुङ्ग बुधबार साँझ भत्किएको थियो। इरानमा मेट्रोको सुरुवात सन् १९७७ बाट भएको थियो।
सन् १९७९ को इस्लामिक क्रान्ति र सन् १९८० देखि १९८८ सम्म इरान र इराकबीच चलेको युद्धको कारण मेट्रोको निमार्णमा अत्यन्त ढिलाई हुन गएको थियो।
तर सन् १९९० देखि यो पुनः सुरु भएको थियो । हाल इरानको करिब १ सय वटा मेट्रो स्टेसन रहेका यो सुचारु रुपमा चलिरेहेको छ। रासस/एएफपी