इजिप्टमा बस दुर्घटना, २७ को मृत्यु

इजिप्टमा बस दुर्घटना, २७ को मृत्यु

कायरो: दक्षिणी कायरोमा छुट्टाछुट्टै भएको बस र रेल दुर्घटनामा कम्तीका २७ व्यक्तिको मृत्यु भएको छ। एक बस दुर्घटनामा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ भने रेल दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ।

इजिप्टको दक्षिणपश्चिमी प्रान्त वेदी एल गेडिडमा एक बस र ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको इजिप्टेली स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सो बसमा रहेको यात्रुहरूको एकिन सङ्ख्या भने तत्काल प्रष्ट भएको छैन।

इजिप्टमा सडक दुर्घटना एक साधारण घटनाको रूपमा हुने गरेको पाइन्छ । देशका प्रायः सडकहरू नियमित मर्मत नभएका कारण यसप्रकार दुर्घटना हुने गरेको बताइन्छ।

दुर्घटना भएको रेलमा भने करिब ६० जना यात्रु रहेका पटरीबाट छुट्टिएर सो घटना भएको बताइएको छ। कायरोबाट दक्षिणी सहर आजवानतर्फ गईरहेको सो रेल दुर्घटना भएको प्रहरी र चिकित्सक स्रोतले जानकारी दिएको छ। यस रेल दुर्घटना अन्य २७ यात्रु घाइते भएका छन्। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.