अभियोगबिनै ८८ दिन थुनामा

अभियोगबिनै ८८ दिन थुनामा

काठमाडौः संविधानप्रदत्त मौलिक अधिकार र विभिन्न समयमा सर्वोच्च अदालतका आदेशद्वारा स्थापित नजिरको अवज्ञा गर्दै प्रहरीले एक नागरिकलाई अदालतमा प्रस्तुत नगरी ८८ दिन हिरासतमा राखेको छ । कानुनबमोजिम पक्राउ परेका आरोपितलाई २५ दिनभित्रै मुद्दा चलाउनुपर्ने बाध्यात्मक व्यवस्था उल्लंघन गरेर उनलाई नख्खु कारागारमा बन्दी बनाइएको छ ।

उनलाई संविधानबमोजिम २४ घन्टाभित्र अदालतमा हाजिर गराइएको समेत छैन । रसुवा टिमुरे गाविस ५ निवासी २६ वर्षीय काङकाङ तेन्जेन तामाङलाई अभियोगबिनै यतिका दिनसम्म कारागारमा थुनिएको हो ।

उनलाई सुन भन्सार चोरी पैठारीको आरोपमा तिब्बततँग जोडिएको रसुवागढी नाकाबाट गत जेठ ३० गते पक्राउ गरिएको थियो । पक्राउ परेको भोलिपल्ट उनलाई राजस्व अनुसन्धान विभागमा उपस्थित गराइयो । प्रहरीले उनलाई पक्राउ गरेको मितिसहित पक्राउ पुर्जी पनि दिएको छ । यता विभागले उनीसँग दुई करोड ८८ लाख नौ हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

तर, उनले रकम बुझाउन नसक्ने बताएपछि विभागबाट जेठ ३२ मा नख्खु कारागारमा राख्न आदेश भयो ।

अहिलेसम्म कुनै अड्डाअदालतमा मुद्दा चलाइएको छैन । भन्सार ऐन २०६४ को दफा ५७ उपदफा १ का विभिन्न खण्डमा एक करोड रुपैयाँभन्दा बढी बिगो भएका मुद्दा जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने व्यवस्था छ ।

दफा ६० मा पनि जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने मुद्दा अनुसन्धान तहकिकात सुरु भएको २५ दिनभित्रै सम्बन्धित जिल्ला अदालतसमक्ष दायर गर्नुपर्ने भनिएको छ । यो कानुनी व्यवस्थाअनुसार तामाङविरुद्ध मुद्दा चलाउने हदम्याद पनि गुज्रिसकेको छ ।

यस्तै संविधानको धारा २० को उपधारा ३ ले पक्राउ भएको समय तथा स्थानबाट २४ घन्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । यस्तै कुनै व्यक्तिलाई कानुनबमोजिमको आधार र कारणबेगर थुनामा राख्न नपाइने संवैधानिक व्यवस्था छ ।

‘आजसम्म एकपटक पनि कुनै अदालतमा उपस्थित गराइएको छैन । न त कानुनबमोजिम अभियोग नै चलाइएको छ’, तामाङका कानुन व्यवसायी पूर्णचन्द्र पौडेलले अन्नपूर्णसँग भने, ‘८८ दिनदेखि थुनेर राखिएको छ ।

संविधानले प्रत्याभूत गरेको मौलिक हकमाथि स्वेच्छाचारी ढंगले बलमिच्याइँ भएको छ ।’

लामो समयसम्म अदालतमा हाजिर गराउने, म्याद थप्ने, मुद्दा चलाउनेजस्ता कुनै कारबाही अघि नबढाइएपछि तामाङले थुनामुक्तिको मागसहित कारागारभित्रैबाट बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.