नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदु अब अमेरिकी प्रशिक्षक

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदु अब अमेरिकी प्रशिक्षक

काठमाडौँः नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान दिएका नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकी क्रिकेट टिमको प्रशिक्षक बनेका छन् ।

चार वर्षे कार्यकाल र थप एक वर्ष गरेर पाँच वर्षसम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक बनेर महत्वपूर्ण उपलब्धि दिलाएका पुबुदु अमेरिकी प्रशिक्षक भएका हुन् । बिहीबार मात्र उनी अमेरिकी प्रशिक्षकमा नियुक्त भएका छन् । सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक बनेर नेपाली क्रिकेटमा महत्वपूर्ण उपलब्धि सिर्जना गर्न सफल भएका पुबुदु श्रीलंकाका पूर्वविकेटर किपर ब्याट्सम्यान हुन् ।

अमेरिकी क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएपछि उनले अमेरिकी क्रिकेटको भविष्य राम्रो हुने आशा व्यक्त गरेका छन् । उनले अमेरिकी क्रिकेट टिमको प्रशिक्षक हुन पाउँदा खुशी समेत व्यक्त गरेका छन् ।

‘नयाँ जिम्मेवारी पाएकोमा म खुसी छु, अहिले अमेरिकाको क्रिकेट सुधार गर्नुपर्ने समय भएको छ त्यसैले यो जिम्मेवारी पाउँदा खुशी छु,’ अमेरिकी टिमको प्रशिक्षक नियुक्ति भएपछि उनले भने, ‘कडा मिहिनतको आवश्यकता छ म आशा गर्छु भविष्य राम्रो छ ।’

पुबुदु नेपाली क्रिकेट टिमको प्रशिक्षक हुँदा नेपाल विश्व क्रिकेट लिग डिभिजन ४ बाट वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप बनेको हो । पुबुदुकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा टि ट्वान्टी विश्वकपसम्मको यात्रा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.