' राजतन्त्र हटेपछि मैले अमेरिकी ग्रीनकार्ड लिएँ'

' राजतन्त्र  हटेपछि मैले अमेरिकी ग्रीनकार्ड लिएँ'

नेपाली चलचित्र उद्योगमा हिट बनिरहेका बेला नायक रमेश उप्रेती अमेरिकातिर हानिए । २०६२/६२ को जनआन्दोलनले आजित भएर केहीदिनका लागि अमेरिका गएका उनी सात वर्ष बसे । 'नेपालको अवस्था झन् बिग्रियो, राजसंस्था गयो', उनले भने-'त्यसपछि मैले ग्रीनकार्डका लागि प्रोसेस गरेँ । त्यसपछि म त्यतै बसेँ ।' 

करिब ७५ वटा चलचित्रमा अभिनय गरेका रमेश यति बेला 'ब्रासलेट' लिएर दर्शकमाझ आएका छन् । उनीसँग अन्नपूर्णकर्मी नीतु घलेले गरेको कुराकानी ।

'ब्रासलेट' चलचित्र गर्ने भनेर नेपाल आउनुभएको हो ?

हैन यो चौथो चलचित्र हो । तीनवटा अस्वीकार गरेर ब्रासलेटमा काम गर्ने निर्णय गरेँ । यो तीजका अवसरमा रिलिज भएको थियो ।

धेरैपछि काम गर्दा कस्तो लाग्यो ?

दुई, तीनदिन सम्म नर्भस भएको जस्तो, रुट नपक्रेको जस्तो, असजिलो लाग्यो विस्तारै बानी पर्यो ।

'ब्रासलेट' कस्तो चलचित्र हो?

यसमा लभ स्टोरी, सस्पेन्स, थ्रिलर, एक्सन सबै कुराको सम्मिश्रण छ । काल्पनिक विषयवस्तु उठाइएको छ । पुनर्जन्मका कुरा गरिएको छ । आत्मा न कहिले जन्मन्छ न कहिले मर्छ भन्ने कुराहरु देखाइएको छ ।

दर्शकको प्रतिक्रिया कस्तो पाउनुभयो ?

लामो समयपछि आउने भएकाले कस्तो चलचित्रबाट कमब्याग गर्ने । ब्रासलेटमा फरक भूमिका गरेको छु तर दर्शकले एक्सन, लभस्टोरीमा आधारित चलचित्र गरेको सुहाउने प्रतिक्रिया दिए । कहिलेकाँही फरक विषय गर्दा सुहाउँदैन । मेरो चलचित्रले एभरेज मात्र मार्केट लियो ।

नयाँ स्वादका चलचित्रसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको हो ?

अहिलेका चलेका केही कथाहरु सिनेमा हैनन, विषयगत रुपमा हेर्दा त्यो डकुमेन्टी हो । यी चलचित्र चलेर चलचित्र उद्योगलाइ कुनै फाइदा गर्दैन । चलचित्र भनेको हेर्दा आँखामा रमाइलो हुनुपर्छ । दोहोर्याएर हेर्न मन लाग्ने खालको हुनुपर्छ । अहिलेका नयाँ चलचित्र कहिलेकाँही फरक स्वादका लागी मात्र काम लाग्छन् । हामीले घरमा भुजा खाएर बाहिर ढिडो खान गए जस्तै हो ।

तर कालोपोथी जस्तो चलचित्र हिट भयो ।

वास्तवमा मान्छेले इतिहास भुल्न चाहन्छ । आफनै दाजुभाइ मारेको विषय हेर्न चाहँदैन । हामीले प्रमुखधारलाइ छोडेर काम गर्नु हुन्न । त्यो त सबै डकुमेन्टी बनाए भै हाल्यो नी ।

परिवर्तन चाहिँदैन भन्न खोज्नुभएको हो ?

पक्कै चाहिन्छ । तर हर निर्देशकले उसको सोँच अनुसार चलचित्र बनाएको हुन्छ । आम मान्छेलाइ थाहा हुनुपर्यो त्यो निर्देशकले कस्तो चलचित्र बनाउँछ भनेर ।

यो चलचित्रमा काम गर्न केले आकर्षक गर्यो ?

सुरुमा कथा सुनेपछि म भावुक भएँ । विषयवस्तु राम्रो लाग्यो । म चलचित्र गर्दा सम्बन्धलाइ ध्यान दिन्छु, ब्यापार हैन । राम्रो सिनेमा छोडेछु धेरै पटक । किनकी म सम्बन्धलाइ प्राथमिकता राख्छु । कसले कस्तो समयमा सहयोग गरेको छ त्यसको महत्व बुझनुपर्छ । यस्तो निर्णय गर्दा कतिले मलाइ रमेश उप्रेती खुस्किएछ पनि भनेकाछन् ।

चलचित्रमा कसरी आउनुभयो?

मलाइ स्वर्गीय दिपक रायमाझीले ल्याउनु भएको हो । रगत नामको चलचित्रबाट नेगेटिभ रोलमा छिरेको थिएँ म । उहाँले हिरोको रोल दिनुभयो । मलाइ हिरो बनाएको उहाँले हो ।

विदेश किन जानु भएको ?

म मोनोटोनस भएकोले अमेरिका गएको थिएँ । सधै एउटै डाइलग, चलचित्र सबै कुरा वाक्क भयो । म प्रत्येक वर्ष विदेश घुम्न जान्थे । त्यतिबेला नेपालको अवस्था पनि खराब थियो । घुम्न मात्रै अमेरीका गएको थिएँ । ६ महिनाको भिसा थियो । बस्दै गएँ, नेपालको अवस्था झन् बिग्रियो, राजसंस्था गयो । त्यसपछि मैले ग्रीनकार्डका लागि प्रोसेस गरेँ । त्यसपछि म त्यतै बसेँ ।

नेपाली चलचित्रको स्तर कस्तो लाग्छ ?

पछिल्लो समय भल्गर चलचित्रहरु बनेँ । छाडा डाइलगहरु सुँने । केटा मान्छेले सुन्न नसक्ने खालका डाइलग केटीहरुले कसरी सुन्न सक्छन् । चलचित्रमा भएका यस्तै विकृतीको देखेर मलाई बस्न मन लागेन र फेरि अमेरिका फर्किए ।

अहिले केमा व्यस्त ?

चलचित्र 'ऐश्वर्या' बनाउने क्रममा छु । यसमा हिरो म आफै । केकी अधिकारी र दिपीका प्रसाइ हिरोइन छन् । सायद अर्को वर्षसम्म रिलिज होला । प्री–प्रोडक्सनको काम भइरहेको छ । करिब डेढ करोड खर्चमा बन्छ । बैंकक, भारतलगायत अन्य देश मा सुटिगं गर्ने तयारी छ । काठमाडौमा भएका धेरै कुरा कलात्मक रुपमा प्रस्तुत गर्नेछु ।

दर्शकको चाहना अनुसारको चलचित्र हो यो । ऐश्वर्याले निर्धारण गर्नेछ मेरो अगाडीको गन्तब्य । यो चलचित्र चलेन भने चलचित्र क्षेत्रमा सायद नहुन सक्छु ।

विदेशमा कसरी समय बित्यो ।

विदेशमा काम भएन भने सम्मान हुँदैन, तर जस्तो काम गरे पनि सम्मान हुन्छ । काम यस्तो उस्तो भन्ने हुँदैन । त्यहाँ स्टेज कार्यक्रम धेरै गरिन्थ्यो । धेरै भन्दा धेरै शोहरु हुन्थ्यो । नेपाली कम्युनिटीले विभिन्न कार्यक्रममा व्यस्त भएँ , त्यो बाहेक आफनो काम छँदैथियो । तर मेरो पेशाले बारम्बार घचघचाउँथ्यो । नत्र म फर्केर आउँने थिइन् ।

विदेशमा के भन्थे नेपालीहरुले?

मेरो प्रशंसकहरु धेरै रहेछन् विदेशमा । जुन कारण मलाइ धेरै नै उर्जा मिल्थ्यो पुन काम गर्न । तर समस्या के भने, यो चलचित्र हेर भनेर उनीहरुलाइ कुनै चलचित्रको नाम दिन सकिन । गुणस्तरीय चलचित्र नभएरै हो । त्यसैले मैले ऐश्वर्या बनाउन लागेको हो । पैसा कमाउनको लागी हैन । बरु, दुईचार लाख घाटा सहन तयार छु । राम्रो चलचित्र बनाउँछु ।

नेपाली चलचित्र उद्योगको समस्या ?

राम्रो चलचित्र बनाउनको लागी बजेटको अभाव छ हामीकहाँ । प्राविधिक रुपमा अब्बल छौ । कलाकारहरु एकसेएक राम्रा छन् । तर पैसा लगानी गरेर उठ्नै सक्दैन । सबै भन्दा ठुलो कुरा ब्यापार हो नी । त्यसैले राम्रो चलचित्र बन्दैन ।

विदेश जाने कलाकारको फर्कंने क्रम सुरु भएको हो ?

म हिट हुँदाहुँदै गएको थिए, त्यही कुराले पिरोल्थ्यो त्यसैले पनि म आएको हो । पलायन भएको होइन । मैले करिश्मा जी, सरोज दाइसँग फर्किनुपर्छ भन्ने कुरा गर्थेँ । अहिले आएँ, एउटा चलचित्र बनाउँदैछु यो सफल भएन भने पनि पछुतो हुँदैन मलाइ । किनकी मैले कोशिस त गरेँ नी ।

अब कहिले फर्कनुहुन्छ ?

'ऐश्वर्या' बनिसकेपछि प्रमोट गर्न जान्छु २०१७ मा ।

अमेरिका बसाई कस्तो रह्यो ?

सुरुमा निकै गाह्रो थियो । विस्तारै त्यहाँको कानुनी र टेक्निकल कुरा बुझेँ । विस्तारै बानी पर्‌यो । अब त केही लाग्दैन, सिस्टमसँग परिचित भएँ । म यहाँ केही गर्दैन थिएँ होला, उतैबाट धेरै कुरा सिक्न पाएँ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.