मलेसियाको भिसा शुल्क २८ सयले बढ्यो

मलेसियाको भिसा शुल्क २८ सयले बढ्यो

काठमाडौः नेपालीको आकर्षक रोजगार गन्तव्य मुलुक मलेसियाले भिसा शुल्क दुई हजार आठ सय रुपैयाँ बढाएको छ । मलेसियाले तीन हजार नौ सय रुपैयाँ रहेको भिसा शुल्क बढाएर ६ हजार सातसय रुपैयाँ पुर्‍याएको हो । नयाँ भिसा शुल्क भदौ २७ गतेदेखि लागू हुने मलेसियन दूतावासले जनाएको छ ।

मलेसियाले भिसा प्रकृयाका लागि लाजिम्पाटमा वान स्टप सेन्टर (ओएससी) खोलेको छ । पासपोर्ट संकलन तथा भिसा लगाउने काम अबदेखि यही सेन्टरबाट हुने मलेसियन दूतावासले जनाएको छ । यसअघि सानेपामा रहेको मलेसियन दूतावासबाट यो काम हुने गथ्र्यो ।

मलेसियाले दुई वर्षको अन्तरालमा दुईपटक भिसा शुल्क बढाइसकेको छ । २०७० पुसअघि मलेसियाको भिसा शुल्क सात सय रुपैयाँमात्र थियो । भिसा शुल्क बढेपछि मलेसिया जाने नेपालीमा आर्थिक भार थपिएको छ । अबदेखि मलेसिया भिसामा २८ सय रुपैयाँ बढी बुझाउनुपर्ने हुन्छ ।

मलेसियन राजदूतावासले भिसा लगाउने काम आफै नगरी आउट सोर्सिङबाट गराउँदै आएको छ । दूतावासले कर्मचारी राखेर राहदानी संकलन गर्ने, भिसा लगाउने काम गर्नुभन्दा आउट सोर्सिङबाट गराउँदा सस्तो र सजिलो हुन्छ । यस पटक मलेसियाले भिसा प्रकृयाका लागि लाजिम्पाट उत्तरढोकामा रहेको ओएससीलाई जिम्मा लगाएको छ ।

नेपाल सरकारले भिसा शुल्क घटाउन मलेसियासँग पहल गर्नुपर्ने सरोकारवाला बताउँछन् । पछिल्लो समय नेपालबाट कामदार मात्र नभई घुम्न जाने पनि बढेका छन् । मलेसियाले इन्डियन नागरिकका लागि भिसा शुल्क सात हजार पाँच सय र चिनियाँ नागरिकका लागि ६ हजार नौ सय रुपैयाँ पुर्‍याएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.