क्यान कमटेक मेला सुरु

क्यान कमटेक मेला सुरु

काठमाडौः  कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा बिहीबारदेखि पहिलोपटक ‘क्यान कमटेक २०१६’ सुरु भएको छ । काठमाडौंको भृकुटीमन्डपमा आयोजना भएको यस पटको मेलामा विशेष गरी सञ्चार क्षेत्रलाई प्राथमिकता दिइएको क्यानका अध्यक्ष विनोद ढकालले जनाएका छन् ।

उनका अनुसार क्यानले योभन्दा अघिल्लो पटक आयोजना गरेको ‘क्यान इन्फोटेक मेला’ सूचना प्रविधिका साथै सञ्चार क्षेत्रलाईसमेत प्राथामिकतामा राखेर आयोजना गरिएकामा यसपटक भने सञ्चार क्षेत्रमा इन्टरनेट सेवालाई प्राथामिकता दिएर आयोजना गरिएको बताएका छन् । तर, मेलामा इन्टरने सेवामात्र नभचएर सूचना प्रविधि पनि रहेका छन् । मेलाको उद्घाटन सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले गरेका छन् । मेला आगामी आइतबारसम्म चल्नेछ ।

कार्यक्रममा मन्त्री कार्कीले नेपालमा सूचना प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका छन् । उनले प्रदर्शनी सफलताको शुभकामना व्यक्त गर्दै इन्फरमेसन टेक्नोलोजीलाई रोजगारीका दृष्टिकोणले मात्रै नहेरी व्यावहारिकता हेर्नुपर्ने बताए । नेपाली भाषाको जगेर्ना र प्रवद्र्धनका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले इन्टरनेटमा नेपाली भाषालाई पनि समावेश गर्नु पर्ने बताए ।


मेलामा सहभागी प्रायःसबै कम्पनीले ग्राहकका लागि विभिन्न योजना ल्याएका छन् ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले महासंघमा आबद्ध वस्तुगत संघमध्ये क्यानले उदाहरणीय काम गरिरहेको र यसबाट अरु संघले पनि पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले सञ्चार प्रविधिको अहिलेको अवस्था काठमाडौं केन्द्रित भएको भन्दै ग्रामीण क्षेत्रसम्म पहुँच विस्तार गर्नुपर्ने बताएका छन् ।

मेलामा ग्राहकले सूचना प्रविधिको बारेमा जानकारी लिने माध्यमका साथै विभिन्न सेवामा छुटसमेत पाउनेछन् । मेलामा सहभागी प्रायःसबै कम्पनीले ग्राहकका लागि विभिन्न योजना ल्याएका छन् । भने कतिपय कम्पनीले आफ्नो नयाँ प्रोडक्ट पनि मेलाबाटै सार्वजानिक गरेका छन् । मेलामा सामसुङले मेलमा जे ५ र जे ७ सिरिजमा पनि प्राइमलाई मुख्य आकार्षका रूपमा राखेको छ ।

केही दिन पछि नेपालमा सार्वजानिक गरिने सामासुङका यी फोन आकर्षणका साथै उत्कृष्ट प्रविधिको साथ आएको नेपालका लागि कम्पनीको ह्यान्ड ह्यान्डलिङ प्रोडक्ट विभागका विभागीय प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए । उनका अनुसार यो फोनमा सेन्सर प्रणालीको पनि प्रयोग गरिएको छ ।

सुविसुलेको मुख्य प्रायोजनमा आयोजित यो मेलालाई सामसुङले सर्पो गरेको छ । मेलामा सुबिसुले आफ्ना ग्राहकका लागि सुबिसु टीभी र इन्टरने दुवैमा छुटसहितको योजना ल्याएको छ । मेलामा नेपाल टेलिकमले ५० रुपैयाँमा ५० रुपैयाँकै ब्यालेन्स भएको जीएसएम प्रिपेड सिमकार्ड उपलब्ध गराएको छ । मेलामा विभिन्न कम्पनीका ल्यापटप पनि बिक्रीका लागि राखिएको छ ।

इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, इलेक्ट्रिोनिक्स सेक्युरिटी तथा सेफ्टी एन्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स्लगायत गरी एक सयवटा स्टल रहेका मेलामा अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीलाई २५ तोकिएको आयोजकले जनाएको छ ।

मेलामा सूचना तथा सञ्चार प्रविधिमा आधारित इलेक्ट्रिक सुरक्षा तथा सेफ्टी एन्ड सोलुसनका अत्याधुनिक उपकरण तथा सेवा उपलब्ध छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.