बिपी जन्मजयन्ती मनाइँदै

बिपी जन्मजयन्ती मनाइँदै

काठमाडौं: जननेता विश्वेवश्वरप्रसाद कोइरालाको एक सय तीन औ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरे ।

पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइराला विसं २००७ अगाडि भद्रगोल नजिकैको कारागार जीवनमा थिए । कोइराला नेपाली समाजको गतिशीलता र प्रगतिका लागि चिन्तित थिए ।

उनले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक काँग्रेससँग एकीकरण गरी कोइराला सभापति बने । विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषद्मा उनी गृहमन्त्री बनेका थिए ।

विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरे । विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले उनको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।

बिपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत थिए । उनका 'दोषी चस्मा' कथासङ्ग्रह, 'सुम्निमा' 'मोदिआइन', 'तीन घुम्ती', 'हिट्लर र यहुदी', 'बाबु, आमा र छोरा', 'नरेन्द्र दाइ'उपन्यास र कविता कृति प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.