डलर ल्याउँदै राष्ट्र बैंक

डलर ल्याउँदै राष्ट्र बैंक

काठमाडौः नेपाल राष्ट्र बैंकले डलर ल्याउने टुंगो शुक्रबारसम्म लगाउने भएको छ । बजार अभावको समस्या सामाधान गर्न राष्ट्र बैंकले डलर ल्याउने तयारी गरेको छ । डलर ल्याउने वा नल्याउने टुंगो शुक्रबार लाग्ने राष्ट्र बैंकका प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । निर्णय हुने वित्तिकै एक सातामा डलर नेपाल आइपुग्ने उनको भनाइ छ ।

बजारमा डलर अभाव भएपछि निजी बैंकले पनि डलर ल्याउने प्रस्ताव राष्ट्र बैंक समक्ष गरेका छन् । स्टान्डर्ड चार्टर्ड बैंक नेपालको नेतृत्वमा नबिल बैंक, इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकले सिंगापुरबाट कार्गो गरेर डलर ल्याउने आन्तरिक तयारी गरिरहेका छन् । नेपालमा डलर ल्याउन स्टान्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैंकमा औपचारिक रूपमा अनुमति मागेको छ ।

बजारमा डलर अभाव भएपछि निजी बैंकले पनि डलर ल्याउने प्रस्ताव राष्ट्र बैंक समक्ष गरेका छन् ।

‘बजारमा भएको हालको अभावलाई परिपूर्ति गर्न हामी डलर ल्याउने तयारीमा लागेका छौं,’ उनले भने, ‘सम्भवतः शुक्रबारसम्म यसको टुंगो लागि सक्छ ।’ फाइल अघि बढिसकेको छ ।’ राष्ट्र बैंकले डलर ल्याए पनि निजी बैंकले डलर ल्याउन सक्छन् । राष्ट्र बैंकले अहिले बजारमा देखिएको डलर अभाव पूरा गर्न सिंगापुरबाट एक करोड डलर ल्याउने तयारी गरिरहेको हो । यसका लागि करिब दुई सातायता गृहकार्य भइरहेको छ ।

निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमयदर फरक पर्ने भन्दै राष्ट्र बैंक आफैंले डलर ल्याउने फाइल अगाडि बढाएको हो । बजार व्यवस्थित गर्न फरक विनिमय दर हुन नदिन र बजारमा एकरुपता ल्याउन राष्ट्र बैंकले सिंगापुरको सीआईएमबी बैंकमा रहेको मौज्दातबाट एक करोड डलर ल्याउने पहल गरेको हो । राष्ट्र बैंकसँग सटही गर्ने नगद डलरमात्र कम भएको राष्ट्र बैंक वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए ।

नगद बोक्ने बानीले अनौपचारिक कारोबारलाई बढ्वा दिने भएकोले यसलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । ‘नगद प्रयोगलाई निरुत्साहित गर्न बैंकिङ उपकरणलाई प्रोत्साहन गर्नु अहिलेको आवश्यकता हो’, उनले भने । ‘नगद मौज्दात हाम्रो देशमा मात्र नभएको होइन,’ उनले भने, ‘अन्य देशसँग हुँदैन, अब उपभोक्ताले बैंकिङ उपकरण बोक्ने बानी बसाल्नु पर्छ ।’

उपकरण प्रयोग गरेर डलर लिन कुनै रोकावट नभएको उनले बताए । विद्यार्थी भिसामा विदेश जानेले दुई हजार पाँच सयसम्म डलर लैजान पाउने व्यवस्थाले गर्दा नगदको प्रयोग बढी भएको हो । वास्तवमा विद्यार्थीले पनि पाँच सयमात्र नगद बोक्न पाउँछन् तर हामी कहाँ नबुझेर महँगो पर्ने नगदको खोजीमा उपभोक्ताले दुःख पाइरहेका छन् । बैंकिङ उपकरण प्रयोग गर्नुभन्दा कमिसनका कारणले नगद प्रयोग गर्दा एक प्रतिशत महँगो पर्ने ढुंगानाले बताए ।

हाल राष्ट्र बैंकसँग डेढ करोड नगद डलर मौज्दात छ । बजारमा डलर अभाव देखिएपछि राष्ट्र बैंकले प्रत्येक वाणिज्य बैंकलाई साताको पाँच हजार डलर उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.