लामो समयदेखि हराइरहेको सीमा स्तम्भ भेटियो
सप्तरी: नेपाल–भारत सीमासँग जोडिएको सप्तरीको तिलाठीमा लामो समयदेखि हराइरहेको सीमा स्तम्भ (पिलर) बिहीबार फेला परेको छ।
सप्तरीको तिलाठी गाविसस्थित दशगाजा क्षेत्रमा रहेको २२३ नंको मुख्य स्तम्भ (पिलर) भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।
केही दिन अगाडि खाँडोखोलामा आएको बाढीसँगै बालुवाले पुरिएको हुनसक्ने सशस्त्र प्रहरीको अनुमान रहेको छ। सशस्त्र प्रहरी बेसक्याम्पका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठका अनुसार बाढी र हिलो बालुवाले पुरिएपछि स्तम्भ नदेखिएपछि विशेषरुपमा त्यसको खोजी भएको थियो
करिब एक महिना अगाडि सप्तरीको तिलाठीमा भारतीय पक्षबाट बाँध बनाउने विषयमा सीमा क्षेत्रका भारतीय र नेपालीबीच विवाद भएको थियो। रासस