‘पशुपति मन्दिर निर्माण भारतलाई नदिने’

‘पशुपति मन्दिर निर्माण भारतलाई नदिने’

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पशुपतिको भित्री मन्दिर निर्माणको जिम्मा भारतलाई नदिने बताएका छन्। नेपाल पर्वतारोहण संघ (एनएमए) को बुधबार राजधानीमा आयोजित २६औं वार्षिक साधारणसभामा मन्त्री शाहीले पशुपतिको भित्री मन्दिर नेपाल आफैंले बनाउने बताए ।

पशुपतिको भित्री मन्दिर संवेदनशील सम्पदा भएकोले नेपाल आफैंले बनाउनुपर्ने उनको भनाइ छ । भारतले पशुपति क्षेत्रका मठमन्दिर बनाउन गरेको प्रस्ताव मन्त्रिपरिषद्मा आएकोमा आफूले भित्री मन्दिरबाहेकको प्रस्तावलाई मात्रै अगाडि बढाउन अनुमति दिएको मन्त्री शाहीको भनाइ छ । ‘पशुपतिका सबै मन्दिर भारतले नै बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा आएको थियो त्यसलाइ मैले फिर्ता गरेकोे छु’, मन्त्री शाहीले भने ।

मन्त्री शाहीले पर्यटन व्यवसायीको सहजीकरणका लागि काम गर्न पर्यटन मन्त्रालय सधैं तयार रहेको पनि बताए । मन्त्री शाहीले पर्यटनका सबै काम एकद्वार नीतिबाट गर्न गराउन निर्देशन दिइसकेको पनि बताए ।

सम्पर्क अधिकृतको व्यवस्था हटाउने
मन्त्री शाहीले हिमाल आरोहण तथा निषेधित क्षेत्रका पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकसँगै सरकारी सम्पर्क अधिकृत खटाउने व्यवस्था हटाउने बताएका छन् । सम्पर्क अधिकृतको काम विदेशीलाई गैरकानुनी काम गर्न नदिने, नियमन र नियमित अनुगमन गर्ने भए पनि आर्थिक लाभबाहेकका काम सम्पर्क अधिकृतबाट नभएको दाबी गरे ।

कार्यक्रममा एनएमएले २७ वटा हिमचुली आरोहणको अनुमति दिएर पर्यटक पठाउने उत्कृष्ट १० व्यवसायीलाई सम्मान गरेको छ । यो वर्ष संघले सोनी होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन, हिमालयन एक्सिट ट्रेक्स एन्ड एक्सपिडिसन, हिमालयन एक्सिट प्रालि, साधुरी एड्भेन्चर, एड्भेन्चर जियो ट्रेक, समिट नेपाल, हिमालयन गाइड, एसियन हाइस र मकालु टेक्सलाई सम्मान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.