केबलकारको तार बेरिएपछि ४५ यात्रु चार हजार मिटरमाथि अड्किए

केबलकारको तार बेरिएपछि ४५ यात्रु चार हजार मिटरमाथि अड्किए

एजेन्सीः फ्रान्समा केबलकारको तार आपसमा बेरिएपछि  ४५ यात्रु करिब चार हजारको उचाइमा अड्किएका छन् । केबलकारको यात्रा गर्ने क्रममा तिब्र हावाका कारण तार एक आपसमा बेरिदा एक सय १० यात्रु फसेका थिए ।

फसेका मध्ये ६५ जनाको हेलिकोप्टरबाट उद्धार भएको र अन्य ४५ जनाको उद्धार गर्न नसकिएको बिबिसीले जनाएको छ ।

केबलकार कम्पनीले फसेका यात्रुसँग निरन्तर सम्पर्क भइरहेको जनाएको छ । फसेका यात्रु तीन हजार आठ सय मिटर उचाइमा रहेको स्थानीय सञ्चार माध्ययमलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

उद्धार गर्न खतरा भए पनि फ्रान्सको सरकारले शुक्रबार बिहानसम्ममा उद्धार गरिसक्ने बताएको थियो । यद्यपी अहिलेसम्म ४५ यात्रुको उद्धार हुन सकेको छैन । फ्रान्सका आकर्षक दृश्य हेर्न यात्रुहरु केबलकार चढेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.