दोलखामा आगलागी, एक वृद्धाको मृत्यु
चरिकोटः दोलखाको गौरीमुदी गाविसको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ ।
शुक्रबार साँझ भएको आगलागीमा परी दोलखा गौरीमुदी गाविस २ कि ८७ वर्षीया चिनी तामाङको मृत्यु भएको स्थानीय लालकुमार मोक्तानले अन्नपूर्णलाई जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले वृद्धाको मृत्यु भएको जानकारी आएको र घटनास्थल तर्फ प्रहरी गइरहेको बताएका छन् ।
आगलागीको थप विवरण आउन बाँकी छ ।