वायुसेवा निगमको आन्तरिक उडान घाटा चुलियो

वायुसेवा निगमको आन्तरिक उडान घाटा चुलियो

काठमाडौंः राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान घाटा ह्वात्तै बढेको छ । निगमलाई आन्तरिक उडानतर्फ गत आर्थिक वर्षमा ३२ करोड ९० लाख रुपैयाँ घाटा भएको छ । घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा यो १८ करोड ७८ लाख रुपैयाँले बढी भएको निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष पेस गरेको तथ्यांकमा उल्लेख छ ।

पर्यटन मन्त्रालयले बिहीबार आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा पेस भएको तथ्यांकअनुसार निगमले गत वर्ष दुईवटा १९ सीटे ट्विनअटर जहाज वर्षैभरि सञ्चालन भएका थिए । चीनले अनुदानमा दिएको ५६ सिट क्षमताको एमए ६० जहाज पनि अधिकांश समय सञ्चालन भएको थियो । निगमसँग भएको १८ सिटे वाई १२ नामक चिनियाँ जहाज भने एक वर्षदेखि नै थन्किएको छ । अर्को एक ट्विनअटर जहाज पनि इन्जिन नभएका कारण तीन वर्षदेखि थन्किएर बसेको छ ।

निगमले तीनवटा जहाज उडाउँदा ५४ करोड ८० लाख रुपैयाँ खर्च भएको छ जब कि आम्दानी भने जम्मा २१ करोड ९० लाख रुपैयाँ रहेको पर्यटन मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ । यसको कारण चिनियाँ जहाज र सरकारी प्राथमिकतामा आन्तरिक उडान नपर्नु भएको जनाइएको छ ।

वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको आन्तरिक उडानमा वार्षिक घाटा हरेक वर्ष बढ्दै गएको बताए । उनका अनुसार एकै वर्ष करिब ३२ करोड ९० लाख रुपैयाँ घाटा हुनुले आन्तरिक उडान निकै कमजोर रहेको देखाएको छ ।

निगमका अनुसार गत वर्ष आन्तरिक उडानमा जम्मा ३२ प्रतिशतमात्रै लक्ष्य प्राप्त भएको छ । आन्तरिकतर्फका घाटालाई अन्तर्राष्ट्रिय उडानबाट कमाएको नाफाबाट पूर्ति गर्ने गरेको निगमले जानकारी दिएको छ । सरकारको नीति नै अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाएर आन्तरिक उडानमा खर्च गर्ने रहेको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रियतर्फ भने ५४ करोड नाफा

निगमले अन्तर्राष्ट्रिय उडानबाट भने एक वर्षमै ५४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । निगमको अन्तर्राष्ट्रिय उडानमा नाफा र आन्तरिक उडान घाटामा भए पनि समग्र अवस्था भने नाफामै रहेको छ । समग्रमा गत वर्ष २१ करोड २५ लाख रुपैयाँ नाफामा रहेको निगमको भनाइ छ ।
निगमले दुईवटा एयरबस न्यारोबडी जहाज थपेर उडान गर्न थालेपछि नाफा कमाउन थालेको छ ।

दसैंलाई एउटा ट्विनअटर थप हुने

वायुसेवा निगमको थन्किएको एउटा ट्विनअटर जहाज दसैंमा सञ्चालनमा आउने भएको छ । आन्तरिक उडानतर्फको यो जहाज झन्डै तीन वर्षदेखि थन्किएको छ । बिग्रिएको यो जहाज मर्मत गरेर आगामी दसैंमा नियमित उडानमा ल्याउने निगमका इन्जिनियर पोषक ज्ञवालीले जानकारी दिए । ज्ञवालीले यो जहाज उडाउन मर्मत भइरहेको जानकारी दिएका छन् । उनका अनुसार आठ करोड खर्च गरेर दसैंका लागि थप एक जहाज उडाउने तयारीमा निगम छ । हाल निगमले दुईवटा ट्विनअटर विमानबाट उडान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.