सुरु भयो फुड एन्ड फन फेस्टिभल

सुरु भयो फुड एन्ड फन फेस्टिभल

नेपालगन्जः  सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले शुक्रबार नेपालगन्जमा सिद्धार्थ फुड एन्ड फन फेस्टिभल सुरु गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सिद्धार्थ कटेज एन्ड रेस्टुरेन्टमा फेस्टिभलको उद्घाटन गरे ।

प्रमुख जिल्ला अधिकारी पन्थले पछिल्लो समयमा वस्तु व्यापारभन्दा सेवा व्यापार फस्टाउँदै गएको बताए । उनले होटल व्यवसाय सेवा व्यापार भएको बताउँदै होटलको विकासले देशको विकासमा टेवा पुग्ने धराणा व्यक्त गरे ।

नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अब्दुल वाहिद मन्सुरीले होटल व्यवसाय विस्तारसँगै नेपालगन्ज मानसरोवरको प्रस्थान विन्दु बन्दै गएको बताए ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष निमबहादुर थापाले नेपालगन्जमा होटल व्यवसाय फस्टाउँदै गएको बताए । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि होटलको महत्वपूर्ण भूमिका हुने बताए ।

प्रालिका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले अन्तरिक घुमफिर वर्षको अवसर पारेर फुड एन्ड फन फेस्टिभल गरिएको बताए । उनले देशभरिका सिदार्थका परिकार फेस्टिभलमा उपलब्ध हुने बताए । उनले सिदार्थलाई रोजगारमूलक संस्था तथा देशकै क वर्गको कर प्रदायक कम्पनी बनाइने बताए ।

प्रालिका अध्यक्ष लक्ष्मण न्यौपानेले २०५४ सालमा टीकापुरबाट व्यवसाय सुरु गरेको सिदार्थ ग्रुपले देशभर १६ वटा होटल रेस्टुरेन्ट सञ्चालन गरिरहेको जानकारी दिए । फुड एन्ड फनमा सिद्धार्थका खानाको विशेषताबारे जानकारी गराइने बताए ।

सिद्धार्थ बिजनेस ग्रुपअन्तर्गत नेपालगन्जमा सिद्धार्थ कटेजका साथै काठमाडौंको पुरानो बानेश्वरमा सिद्धार्थ फुडल्यान्ड, तीनकुनेमा सिद्धार्थ कटेज, सुन्धारामा होटल सिद्धार्थ र तीनकुनेमा सिद्धार्थ स्विट एन्ड बेकरी सञ्चालनमा छन् ।

त्यस्तै ललितपुरको धोवीघाटमा सिद्धार्थ कटेज, चितवनको चुम्लिङटारमा सिद्धार्थ रिभर साइड रिसोर्ट, रुपन्देहीको बुटवलमा सिद्धार्थ होटल र सिद्धार्थ कटेज रेस्टुरेन्ट, सुर्खेतको विरेन्द्रनगरमा सिद्धार्थ सनी रिसोर्ट, कैलाली चिसापानीमा सिद्धार्थ रिसोर्ट र टीकापुरमा होटल सिद्धार्थ सञ्चालनमा छन् ।

यसैबीच सिद्धार्थ कटेज रेस्टुरेन्टले मूल्य सूचिमा भ्याटलागयतका शुल्क समायोजन गरिएकाले शुक्रबारबाट कुनै अतिरिक्त शुल्क नजोड्ने घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.