नेपाली अदुवा निर्यात खुल्यो

नेपाली अदुवा निर्यात खुल्यो

काठमाडौंः भारतले नेपाली अदुवामा विषादी नभेटिएको भन्दै शुक्रबारदेखि निर्यात गर्न बाटो खुला गरेको छ । काँकडभिट्टाको पानीटंकीस्थित भारतीय कस्टमका अधिकारीले नेपाली अदुवामा विषादी नभेटिएको भन्दै शुक्रबारदेखि अदुवा निर्यात गर्न बाटो खुला गरेका हुन् ।

यसअघि भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी (पेस्टिसाइट) भेटिएको बहानामा गत १६ गतेदेखि निर्यातमा रोक लगाएको थियो । निर्यातमा रोक लगाउँदा पछिल्लो एक सातामा निर्यातका लागि ठीक पारिएको करिब २२ करोड मूल्यबराबरको सात हजार दुई सय मेट्रिक टन अदुवा विभिन्न स्थानमा अलपत्र परेको थियो ।

कृषि विकास मन्त्रालयका अनुसार सन् २००१ मा नेपालमा प्रतिबन्ध लगाइएको अल्दिकार्र्ब (एएलडीआईसीएआरबी) भन्ने विषादीको अवशेष नेपाली अदुवामा पाइएको भन्दै भारतले गत सातादेखि निर्यातमा रोक लगाएको थियो ।

नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काका अनुसार नेपाली व्यवसायी आफैंले इलाममा उत्पादित अदुवाको नमुना लिएर ६ दिनअघि भारतको बैगलोरस्थित सरकारी फुड ल्याबोरेटरीमा परीक्षण गराएका थिए । परीक्षणपछि नेपाली अदुवामा विषादी नभेटिएको प्रतिवेदन उक्त प्रयोगशालाले दिएको छ ।

यस्तै भारतीय पक्ष आफैंले नेपाली अदुवाको अर्को नमुना कलकत्तास्थित अन्तर्राष्ट्रिय फुड क्वारेन्टाइन प्रयोगशालामा परीक्षण गराएको थियो । उक्त प्रयोगशालाले पनि अदुवामा विषादी नभेटिएको प्रतिवेदन दिएको आधारमा भारतीय पक्षले नेपाली अदुवा निर्यातका लागि बाटो खुला गरेको संघले जनाएको छ ।

शुक्रबार नै पानीटंकी नाकामार्फत तीन सय ६० मेट्रिक टन अदुवा बोकेका २४ ट्रक भारत प्रवेश गरेका छन् । ‘भारतले नेपाली अदुवामा विषादी नभेटेपछि शुक्रबारदेखि अदुवा निर्यात गर्ने बाटो खुला गर्‍यो', संघका अध्यक्ष खड्काले अन्नपूर्णसँग भने ।

अदुवामा समस्या आएपछि कृषि विकास मन्त्रालयले गत मंगलबार नै नेपाल भारत संयुक्त कृषि कार्यदल समूहको बैठकमा अदुवा समस्यालाई उठान गर्ने निर्णय गरेको थियो । सोही अनुसार गत बुधबार उक्त समूहको बैठकका लागि मन्त्रालयका सहसचिव डा. सुरज पोखरेलको नेतृत्वमा नेपाली टोली दिल्ली पुगेको थियो ।

बैठकमा नेपाली अधिकारीले अदुवा निर्यातसम्बन्धी समस्या उठाएका थिए । यसैगरी अदुवाको निर्यातसम्बन्धी समस्या अध्ययन गर्न अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन शाखाका उपसचिव डा. प्रद्युम्न पाण्डेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।

मन्त्रालयको सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले वाणिज्य मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रम, कृषि उद्यम केन्द्र र नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका प्रतिनिधि रहने गरी कार्यदल गठन गरेको हो ।
इन्फो
भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी (पेस्टिसाइट) भेटिएको बहानामा गत १६ गतेदेखि निर्यातमा रोक लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.