विकासे भूत
यो देशमा म उडेरै रहूँ ?
यो राजधानीको वातावरणलाई
पोइलै पठाऊँ
या
धत् राँडी भनेर
कुवेत अरब पठाउन
नपाए पनि
सोना गाछी र रेडलाइटतिर
धपाइदिऊँ ?
हुनेखानेको मात्र
कालो बजारिया
अनि माफियै माफियाको
सहर बनाउने
स्वप्नाकारका स्वप्न
साकार पार्न पनि
आफ्नो थातथलोमा आत्महत्याको
खाडल खन्दै जाऊँ ? ? यहाँ प्रेत जगमगाएको छ
यहाँ भूत सलबलाएको छ
बर्माबाट लखेटिएकाहरूबाट
मन्त्रित बुँख्याचाहरू
रोबर्टसरी परिचालित छनतिनका मस्तिष्कमा
प्रेत, पिशाच, भूतहरू
चलायमान छनभूमाफियाहरूको अतिक्रमणमा
द्रव्य पिशाचहरूका परिणितिमा
स्वविवेक हराएका योजना आयोगदेखि
विकासका ठेकेदारहरू
कन्दनीभित्र लुकाइएका छनतिनीहरूकै विस्तारित रूप
यो विकासको नाममा
विनाश जगजगाइएका छनअनि म सोच्ने गर्छु
सोध्ने गर्छु
धत् ! सरकार
कचौरा काठमाडौंलाई क गर्न लाग्या
बासै छैन त यो देशमा म उडेरै बसिरहूँ ?