ब्रेक फेल भएर जिप खस्यो, तीनजनाको मृत्यु

ब्रेक फेल भएर जिप खस्यो, तीनजनाको मृत्यु

कुश्माः उत्तरी पर्वतको धाइरिङ्ग गाविस वडा ३ किराखोरमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ्ग गाविस स्थित मिलनचोक आउँदै गरेको ग १ ज ५१०२ नम्बरको जिप दुर्घटना हुँदा म्याग्दी ज्यामरुकोट ३ की ५० बर्षीया राममाया दमाईको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, कास्की रिभान ९ बस्ने ६० बर्षीया डिलकुमारी बुढाथोकी र पर्वत धाईरिङ्ग ८ बस्ने वर्ष ६० की हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यू भएको पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते हुने रिभान ९ की १४ वर्षीया अमृता पुन, रिभान ९ कै २१ वर्षीया लुकमाया बुढाथोकी, ४ बर्षीय निरज बुढाथोकी र २ वर्षीय निश्चल बुढाथोकीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

त्यसैगरी सालिजा ९ का २० वर्षीय शिव पाईजा, धाइरिङ ८ की ९ वर्षीया पूजा परियार, ६० वर्षीय ढिके दर्जी, लुकमाया विक र प्रकाश परियारको म्याग्दी अस्पतालमा उपचार भइरहेको छ ।

सवारी चालक रिम बहादुर फगामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओरालो बाटोमा ब्रेक फेल भएर झण्डै ६० मिटर तल जीप खसेको हो । कच्ची सडकमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.