एक दशकदेखि थन्किए भ्रष्टाचारका मुद्दा

एक दशकदेखि थन्किए भ्रष्टाचारका मुद्दा

काठमाडौं: कमसल धितोमा ऋण प्रवाह गरी झन्डै एक अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा चलाइएका नेपाल बैंक लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशकसहितका पदाधिकारीको मुद्दा १० वर्षदेखि सर्वोच्च अदालतमा थन्किएको छ । विशेष अदालतबाट भ्रष्टाचार ठहर भएपछि २०६३ साल असोज ११ मा मुद्दाका प्रतिवादीले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण प्रवाहमा भ्रष्टाचार भएको भन्दै बैंक पदाधिकारी र ऋणीसहित ८५ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । यो मुद्दामा २०६३ यता पटकपटक सुनुवाइ भए पनि अझै टुंगो लागेको छैन । योसहित ७६ थान भ्रष्टाचारका मुद्दा एक दशकदेखि सर्वोच्चमा थन्किएका छन् ।

दस वर्षयता दर्ता भएका भ्रष्टाचारका मुद्दामात्र दुई हजारभन्दा बढी छन् । यस्तै निजी गुठीलाई राजगुठी बनाएको आरोपसहित गुठी संस्थानका प्रशासकविरुद्ध दर्ता भएको पुनरावेदनमा पनि २०६३ साल जेठ १२ देखि सुनुवाइको टुंगो लागेको छैन ।
जग्गासम्बन्धी एक विवादमा मालपोत कार्यालयको गैरकानुनी निर्णय उल्ट्याउन मागसहित सर्लाहीका राजनारायण यादवले दिएको उत्प्रेषणसम्बन्धी रिटमा समेत निर्णय हुन सकेको छ ।

२०६२ असार २२ मा यादव सर्वोच्च पुगेका थिए । अर्का सेवाग्राही मीनबहादुर विश्वकर्माले टिम्बर कर्पोरेसनको एक निर्णयलाई कानुनी चुनौती दिँदै दायर गरेको अर्को रिटले पनि १० वर्ष नाघेको छ । सेवाग्राही मुद्दाको पालो कुर्दै सर्वोच्च आउँदै फर्किंदै गरिरहेका छन् । सर्वोच्चमा १० वर्ष पुराना यस्ता ९० थान मुद्दाको अझै टुंगो लाग्न सकेको छैन ।

यस्तै पाँच वर्ष काटेका मुद्दा दुई हजार एक सयको संख्यामा छन् भने दुई वर्ष काटेका मुद्दाको संख्या नौ हजार पुगेको छ ।
प्रधानन्यायाधीशमा सुशीला कार्कीको बहालीपछि पुराना मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ गर्ने प्रतिबद्धता आएको थियो । क्यालेन्डर प्रणाली लागू गरेर मुद्दालाई 'फास्ट ट्रयाक' मा लैजाने उनको प्रतिबद्धतासमेत थियो ।

न्यायलाई छिटोछरितो गर्ने नाममा हरेक प्रधानन्यायाधीशको कार्यकालमा विभिन्न अध्ययन समिति बनेर प्रतिवेदन पनि बनेका छन् । पहिलो एजेन्डा नै छिटो र पहुँचयोग्य न्याय हुने गरेको छ । तर, सर्वोच्चकै मुद्दा प्रक्रियामा चाँडो न्यायको अनुभूति हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

सर्वोच्चका अधिकारी भने कानुनी प्रक्रिया र प्राविधिक कारणले ढिलाइ भएको भन्दै प्रतिरक्षा गर्छन् । 'अदालतले मागेका प्रमाण कागज समयमा नआएर, लामो समय थोरै न्यायाधीश भएर र बेन्चमा हेर्न नमिल्ने भएर पनि ढिलाइ हुन सक्छ', सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले अन्नपूर्णसँग भने, 'अर्को मुद्दा थपिएर पनि ढिलाइ भएको हो । मुद्दाको अंग नपुगी परिपक्व हुँदैन । सबै प्रक्रिया पूरा गर्दा समय लाग्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.