गंगामायाको स्वास्थ्यमा राष्ट्रपतिको चासो

गंगामायाको स्वास्थ्यमा राष्ट्रपतिको चासो

काठमाडौं: छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राख्दै अनशनरत गंगामाया अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो चिन्ता र चासो व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति भण्डारीसँग शनिबार शीतलनिवासमा भेट गर्दा उनले आफ्नो चासो र चिन्ता व्यक्त गरेको स्रोतले उल्लेख गरेको छ । राष्ट्रपति भण्डारीसँग विभिन्न मानवअधिकारवादी नेताहरूले गंगामायालाई बचाउन आफ्नो सबै 'नैतिक र संवैधानिक हैसियत' प्रयोग गर्न लगातार दबाब दिइरहेको पृष्ठभूमिमा उनले यो विषय प्रधानमन्त्री दाहालसँग उठाएकी हुन् ।

प्रधानमन्त्री दाहालले यसबारे 'के गर्न सक्छु, हेर्छु' भन्ने आश्वासन राष्ट्रपतिसँग दिएको स्रोतले बतायो ।झन्डै दुई वर्षदेखि अनशनरत गंगामायाको स्वास्थ्यस्थिति अत्यन्त नाजुक रहेको चिकित्सकहरूले बताएका छन् । उनले अन्नजल केही पनि लिन अस्वीकार गरेपछि जिउँदो राख्न नशाबाट तरल पौष्टिक तत्वहरू दिने गरिएको छ ।

अनशनको ३ सय ३४ औं दिनमा प्राणत्याग गरेका उनका पति नन्दप्रसाद अधिकारीको शव अन्तिम संस्कारबिनै टिचिङ अस्पतालको मोच्र्युअरीमा राखिएको छ । नन्दप्रसाद र गंगामायाका छोरा कृष्णप्रसादलाई चितवनमा माओवादीले अपहरण गरी यातनापूर्ण हत्या गरिएपछि कथित हत्याराहरूबारे किटानी जाहेरी गरे पनि मुद्दा अगाडि नबढाइए पनि उनीहरूले अनशन थालेका थिए ।

पति नन्दप्रसादको निधनपछि विभिन्न मानवअधिकारकर्मी र संस्थाहरूले अनशन तोड्न आग्रह गरे पनि अस्वीकार गरी हत्याराहरूलाई गिरफ्तारी र कारबाही सुरु नभएमा आफूले पनि प्राण त्याग गर्ने दृढ निर्णय गंगामायाले सुनाएकी छन् । नन्दप्रसादको निधन सुशील कोइरालाको प्रधानमन्त्रित्वकालमा वीर अस्पतालमा भएको थियो ।

द्वन्द्वकालमा भएका यातना र मानवअधिकार उल्ल्घंनसम्बन्धी घटनाहरूको छानबिन गर्न तोकिएको सत्य निरुपण तथा मेलमिलाप आयोग निर्धारित समयभन्दा सात वर्षपछि गठन भए पनि त्यसको अधिकार क्षेत्रलाई लिएर अहिलेसम्म विवाद कायमै छ । द्वन्द्वको विद्रोही पक्ष माओवादी द्वन्द्वकालका सबै मामिलालाई विभिन्न अदालतबाट निकाली आयोगमै सुम्पनुपर्ने अडानमा भए पनि सर्वोच्च अदालतले पटकपटक लिएका फैसलामा त्यसो गर्न निषेध गरिएको छ ।

अहिलेसम्म आयोगमा करिब ५८ हजार द्वन्द्वकालका मानवअधिकार उल्ल्घंनसम्बन्धी मामिला दर्ता भए पनि अनशनरत गंगामायाका तर्फबाट सरकारले नै उक्त छानबिन अगाडि बढाई न्यायालयमा मुद्दा चलाउन दबाब दिइरहेकी छन् ।

कोइराला प्रधानमन्त्री छँदा उनकै नेतृत्वमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत अन्य चारजना पूर्वप्रधानमन्त्रीहरूले अस्पतालमा अधिकारी दम्पतीलाई वीर अस्पतालमा भेटी उनलाई न्याय दिलाउने आश्वासन दिए पनि त्यो कार्यान्वयन भएन । त्यसको दुई महिनापछि नै नन्दप्रसादको निधन भएको थियो । राष्ट्रप्रमुखले यो मामिलामा चासो लिएको यो पहिलोपटक हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.