महराले भेटे चिनियाँ नेता

महराले भेटे चिनियाँ नेता

काठमाडौ: चार साताअघि प्रधानमन्त्रीको विशेषदूतका रूपमा चीनको चारदिने भ्रमण गरी फर्केका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा फेरि उत्तरी छिमेकीको यात्रामा निस्केका छन् ।

शनिबार त्यसतर्फ प्रस्थान गरेका उपप्रधानमन्त्री महराले शनिबार नै चीनको स्वशासित क्षेत्र तिब्बतका एक उच्च नेतासँग भेट गरेका छन् । तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका नवनियुक्त पार्टी सेक्रेटरी वु यिङ्जेइसँग उपप्रधानमन्त्री महराले भेटेका हुन् । उनले चिनियाँ नेतासँग करिब २० मिनेट भेटेका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबर महिनामा हुने भनिएको बहुप्रतीक्षित नेपाल भ्रमण स्थगित भएलगत्तै महरा चीन पुगेका हुन् ।

उपप्रधानमन्त्री महरा शनिबार तिब्बतमै शुरु भएको 'चीन-तिब्बत टुरिजम तथा कल्चर एक्स्पो' को उद्घाटनमा समेत सहभागी भए । उनी आइतबार नै स्वदेश फर्कने कार्यक्रम छ । तिब्बतमा उनलाई विशिष्ट अतिथिको रूपमा सम्मान गरिएको छ ।

उनको भ्रमण कार्यक्रमबारे सरकारले केही सार्वजनिक गरेको थिएन । तिब्बतमा उनले गरेका भेटवार्ताबारे पनि सरकारले केही बताएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.