बैतडीमा दुई महिनामा सातजनाले गरे अात्महत्या

बैतडीमा दुई महिनामा सातजनाले गरे अात्महत्या

बैतडी: बैतडीमा आत्महत्या घटना बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मात्रै सातजनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जसमा चार पुरुष र तीन महिला रहेका छन्।

यस्तै आर्थिक वर्ष २०७१/७२ भन्दा आर्थिक वर्ष २०७२/७३ मा दोब्बरले आत्महत्याका घटना भएका छन् । २०७१/७२ मा १६ जनाले आत्महत्या गरेकामा आव ०७२/७३ मा थप १४ जना बढेकोे पाइएको प्रहरीको तथ्याङ्मा उल्लेख छ। जसमा १८ महिला र १२ पुरुष रहेका थिए।

आत्महत्या गर्नेमा १५ देखि ६० उमेर समूहका छन्। आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण तनाव रहेको भेटिएकाले त्यसको न्यूनीकरण गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए। तनावमा रहेका व्यक्ति घोरिने, बेलाबेलामा झस्किने, कसैसँग कुरा नगर्ने, बहकिने, एकान्त मन पराउने, लागुपदार्थ सेवन लगायतका लक्षण देखापर्ने भएकाले यस्तो लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिन त्यस्ता व्यक्तिलाई सम्झाई बुझाई गर्नुपर्ने, एक्लै यताउति जान नदिने गर्नुपर्नेमा उनले जोड दिए।

साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवन लगायतका कारण पनि आत्महत्याका कारण रहेको अनुसन्धानमा भेटिएकाले यसलाई न्युनिकरण गर्न जनचेतनाको कार्यक्रम व्यापक रुपमा सञ्चालन गरिरहेको पनि सफलता पाउन मुस्किल भएको प्रहरी नायब उपरीक्षक राणाले उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.