बस दुर्घटना हुँदा ३९ घाइते, ६ जना गम्भीर

बस दुर्घटना हुँदा ३९ घाइते, ६ जना गम्भीर

नेपालगन्जः नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा ३९ यात्रु घाइते भएका छन् । ना ३ ख ४७३५ नम्बरको मध्यपश्चिम यातायातको बस रत्न राजमार्ग अन्तर्गत बाँके र बर्दियाको सीमा नजिक देउराली डाँडामा दुर्घटना भएको हो ।

बस घुम्तीमा दुर्घटना भएको घाइते यात्रुले बताएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचार भइराखेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्ले जानकारी दिए ।  

घाइते ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेका अनुसार बस देउरालीको पहिलो घुम्तीमा मोडिनुपर्नेमा अनियन्त्रित हुँदा ३० मिटर तल खसेको थियो ।

घाइतेलाई शिक्षण अस्पताल कोहलपुरको इमर्जेन्सी कक्षमा बेड अभाव भएपछि भुइँमा राखेर समेत उपचार भइरहेको अस्पतालले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका हवल्दार प्रेम हमालका अनुसार धेरै यात्रु बोल्न सक्दैनन् । ‘धेरैजसो यात्रु बोल्न नसक्ने अवस्थामा रहेकोले नाम र ठेगाना खुल्न सकेको छैन,’ हवल्दार हमालले भने, ‘अहिलेसम्म धेरैको नाम र ठेगाना खुल्न सकेको छैन ।’ बस भिरको रुखमा अड्किएकोले उद्धारमा समस्या भएको समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.