विदेशीहरू 'बाल दुराचारमा '

विदेशीहरू  'बाल  दुराचारमा '

काठमाडौं: राजधानीको ठमेलमा लामो समयदेखि विदेशी नागरिक 'बाल यौनदुराचार'मा संलग्न भई फर्कने गरेको प्रहरीले जानकारी दिएको छ ।

विदेशी नागरिकलाई 'यौन दुराचार'का लागि बालबालिका खोजिदिने नेपाली दलाल पक्राउ गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यो जानकारी सार्वजनिक गरेको हो । ठमेलस्थित यम्बु होटलबाट शुक्रबार बाल यौनदुराचारको आरोपमा अमेरिकी नागरिक केनेथ जोसेफ कुम्स र उनका सहयोगी स्वयम्भु बस्ने बुद्ध पुतवारलाई सिआइबीले पक्राउ गरेको छ ।

प्रहरीले होटलबाट १२ देखि १६ वर्ष उमेरका पाँचजना बालकलाई उद्धारसमेत गरेको छ । भदौ ७ मा नेपाल आएका केनेथ यम्बु होटलमा बस्दै आएका थिए । उनले बुद्धमार्फत बालबालिका खोज्न लगाएर बाल यौनदुराचार गर्दै आएको सिआइबीले बतायो ।

सिआइबीका प्रवक्ता एसपी दिवेश लोहनीका अनुसार बुद्धले प्रहरी बयानमा लामो समयदेखि विदेशीलाई यौनदुराचारका लागि बालक खोजिदिने कार्य गर्दै आएको स्विकारेका छन् । अहिलेसम्म ६० भन्दाबढी बालक खोजेर यौनदुराचारका लागि विदेशीलाई सुम्पेको बयान बुद्धले दिएका छन् ।

केनेथले बालकहरूलाई मुख मैथुन र यौनजन्य क्रियाकलाप गर्दै आएको पीडित बालकहरूले प्रहरी बयानमा भनेका छन् । बुद्धले अमेरिका लैजाने र पैसाको प्रलोभन देखाएर बालकहरूलाई जोसेफको जिम्मा लगाउँदै आएको प्रहरीले जनाएको छ ।

'यौनजन्य क्रियाकलाप गरेपछि बालकलाई एक÷दुई हजार रुपैयाँ दिएर फोटो र भिडियो खिच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ', एसपी लोहनीले भने । उनका अनुसार यौनदुराचार गरिसकेपछि बुद्धले नै बालकलाई घर नजिकै छाडेर होटल फर्किने गरेका थिए । बाल यौनदुराचारको सिकार बनेका अधिकांश बालक अभिभावकसँगै भेटिएको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

'पहिले पनि काठमाडौंमा बाल यौनदुराचारका घटना नभएका होइनन्, तर अहिलेको घटना पूरै संगठित देखिन्छ', ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले भने, 'यौनदुराचारमा संलग्न विदेशीहरू सुरुमै नेपालमा बालक खोज्न सेटिङ गर्ने दलालको सम्पर्क नम्बर र ठेगाना स्वदेशबाटै लिएर आउने र फर्किएपछि अर्कोलाई दिने गरेको पाइयो ।'

प्रहरी अभिलेखअनुसार यसअघिका घटनामा भने बालगृहमा स्वयंसेवकको रूपमा विदेशी नागरिक छिर्ने र बालगृहका बालकलाई यौनदुराचार गर्र्दै आएका थिए । 'बुद्धले अमेरिका पठाइदिने भन्दै गाउँबाट गरिब बालबालिकालाई होटलमा ल्याई नुहाईधुवाई गरेर सफा बनाएर राख्ने र केनेथलाई सुम्पने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसमा होटलवालाको समेत संलग्नता देखिन्छ', डिआइजी सिलवालले भने ।

सिआइबीका अनुसार आठजना पीडित बालक प्रहरी सम्पर्कमा आएका छन् । पीडित बालकले प्रहरीमा जानकारी दिएअनुसार विशेष गरी दिउँसोको समयमा होटलभित्र यौनजन्य क्रियाकलाप गर्ने र साँझ परेपछि घर छाड्ने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.