राैतहटमा एक सय दुई वर्षीया मुसहर वृद्धा

राैतहटमा एक सय दुई वर्षीया मुसहर वृद्धा

गौर: रौतहटको लक्ष्मीपुर दोस्तिया ५ की कुसमीदेवी माझी मुसहरको उमेर एक सय दुई वर्षको भयो । १९७२ साल जेठ ४ गते रौतहटकै डुमरीया गाउँमा जन्मिएकी कुसमीदेवीको जेठो छोराले वृद्धभत्ता लिइरहेका छन् भने पनाति १८ वर्षका भइसकेका छन् ।

उनी फुसको सामान्य झुपडीमा कान्छो छोरा कनन माझीसँग बस्दै आएकी छन् । छोराबुहारी, नातिहरू दिनभर कमाउन बाहिर जाने हुँदा प्रायः उनी एक्लै घर कुरेर बस्ने गर्छिन् । भोक लागेको बेला उनलाई समयसमयमा खाने कुरा दिने घरमा केही हँदैनन् । भोक लागेको बेला खाइहाल्ने खाने कुरासमेत घरमा छैन ।

गरिब मुसहर परिवारकी कुसमीदेवी वृद्ध अवस्थामा कष्ठकर जीवन बाँचिरहेकी छन् । उनलाई धेरै जाडो र गर्मीको समयमा बढी सकस हुने गरेको छ । गरिबीका कारण घरमा ओड्ने तथा ओछ्याउनेसमेत राम्रो कपडा छैन । अत्यधिक गर्मीका कारण आफूलाई पीडा हुने गरेको उनले सुनाइन् । झुपडीमा पंखा छैन ।

कुसमीदेवी माझी मुसहरको नागरिकता

एकसरो लगाउने र पकाउने भाँडाकुँडाबाहेक झुपडीमा अरू केही छैन । पानी परेको बेला झुपडी चुहिने हँदा झन् समस्या हुने गरेको छ ।

श्रीमान् वीरबल माझी मुसहरको धेरै वर्षअघि मृत्यु भइसकेको छ । उनको जेठो छोरा अकल माझी ७० वर्ष कटेपछि वृद्धभत्ता लिइरहेका छन् । उनको नाति अकलको छोरा प्रह्लाद माझीको उमेर ५० वर्ष पुग्न लागेको छ । कहिल्यै बिरामी नभएको बताउने कुसमीदेवीले आफूलाई कालले बिर्सिएको बताउँछिन् । झपडीको पिँडीमा भेटिएकी उनले भनिन्, 'मेरो नाम यमराजको खातामा छैन, मलाई कालले बिर्सिसकेको छ ।'

आफूभन्दा कम उमेरका धेरैको मृत्यु देखेकी उनलाई कष्ठसँग बाँचिरहनुभन्दा मर्न पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ । उनको १८ वर्षीया पनाति दीपक माझीले भने 'उहाँको बोली अझै प्रष्ट छ, सामान्य हिँडडुल गर्न सक्नुहुन्छ ।'

उनका छोराहरूले आमालाई सकेको गरिरहेका छन् तर चहाना भए पनि गरिबीले गर्दा स्याहारमा ध्यान दिन नसकेको छोराबुहारीको भनाइ छ । लक्ष्मीपुरका स्थानीय तथा मुसहर जातिका अगुवा नथुनी माझी मुसहरले उनी सम्भवत नेपालकै सबैभन्दा बढी उमेरकी मुसहर जातिकी महिला भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.