चिकित्सक संघमा कोषाध्यक्षबाहेक सबै पदमा प्रजातान्त्रिक समूह विजयी

चिकित्सक संघमा कोषाध्यक्षबाहेक सबै पदमा प्रजातान्त्रिक समूह विजयी

काठमाडाैं: नेपाल चिकित्सक संघको अध्यक्षमा काँग्रेस निकट प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन्। विजयी श्रेष्ठले  एक हजार ६५२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत पाए।

 प्रजातान्त्रिक समूह कोषाध्यक्षबाहेक अन्य सबै पदमा प्यानल नै विजयी भएको छ।  संघको वरिष्ठ उपाध्यक्षमा डा ढुण्डिराज पौडेल विजयी भए। उनले एक हजार ६१७ मत प्राप्त पाए भने प्रतिस्पर्धी डा सन्तोष पौडेलले एक हजार १०७ मत प्राप्त गरे। 

यसैगरी उपाध्यक्षमा डा मुकुन्द दाहाल विजयी भए। उनले डा शिवेन्द्र झालार्इ पराजित गरे। दाहालले एक हजार ५०९ मत प्राप्त गरे भने  झाले एक हजार १५१ मत पाए।

संघको महासचिवमा डा लोचन कार्की निर्वाचित भए। उनले एक हजार ३०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीद्वय डा अजयकुमार मिश्रले ७१८ र स्वतन्त्र उम्मेदवार डा पुष्पमणि खरालले ७१२ मत प्राप्त गरे। 

कोषाध्यक्षमा भने समावेशी समूहकी उम्मेदवार डा रक्षा श्रेष्ठ निर्वाचित भइन्। उनले एक हजार ४३९ मत प्राप्त गरिन्। 

सहसचिवमा डा अभिमन्यू झाले एक हजार ४५८ र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी एक हजार ३७४ मत प्राप्त गरी विजयी भए।

यसैगरी सदस्यहरुमा भने डा अनिलविक्रम कार्की, डा कृष्ण पौडेल, डा विश्वराज दवाडी, डा सञ्जीव तिवारी, डा शैलेश प्रधान र डा बद्री रिजाल निर्वाचित भएका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.