'नेपाली व्यापारमा पुनर्जागरण आवश्यक'

'नेपाली व्यापारमा पुनर्जागरण आवश्यक'

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली व्यापारमा पुनर्जागरण ल्याई प्राचीन र मध्यकालीन अवस्थामा पुर्‌याउनुपर्ने आवश्यकता औंल्याएका छन् । प्राचीन र मध्यकालमा नेपाली उत्पादनको बजार भारत र चीन भएकोतर्फ संकेत गर्दै अध्यक्ष बिजुक्छेले पुनः नेपालले आफ्नो उत्पादनको बजार भारत र चीन बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याएका हुन् ।

भक्तपुर रेडिमेड व्यापार संघको छैटौं वार्षिक साधारणसभा शनिबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले भने, 'लिच्छवि र मल्लकालमा नेपालका उत्पादनको बजार भारत र चीन थिए । त्यसबेला प्रत्येक नेपालीका घरमा मौलिक एवं परम्परागत उत्पादन हुने घरेलु उद्योग थिए । त्यसैले नेपाली व्यापारमा पुनर्जागरण ल्याउनैपर्छ ।' तर अहिले नेपाल भारत र चीनको बजार बन्न पुगेकोमा उनले दुःख व्यक्त गरे ।

व्यवस्थापिका–संसदका सदस्यसमेत रहेका उनले नेपाली उद्योगी तथा व्यापारीहरूलाई विदेशबाट आयातित वस्तु तथा उत्पादन बेच्नुभन्दा स्वदेशमै उत्पादन गर्नेतर्फ ध्यान दिन सुझाव दिए ।

विदेशी उत्पादन बेचेर नाफा खानेलाई दलाल पुँजीपतिको संज्ञा दिँदै अध्यक्ष बिजुक्छेले भने, 'विदेशी उत्पादन तथा वस्तु बेचेर नाफा खानेहरू दलाल पुँजीपतिहरू हुन् । उनीहरूबाट देश र जनताको हित हुन सक्दैन । त्यसैले तपाईहरू पनि दलाल पँुजीपति हुने कि आफ्नै देशमा उत्पादन गरेर देश र जनताको सेवा गर्ने राष्ट्रिय पुँजीपति हुने आफै निर्णय गर्नुहोस् ।'

कार्यक्रममा राष्ट्रिय व्यापार संघका अध्यक्ष नैनबहादुर पण्डित क्षेत्रीले पनि व्यवसायीहरूले आयातित वस्तुमात्रै बिक्री वितरण नगरी आफ्नै वस्तु उत्पादन गरेर बिक्री वितरण गर्नुपर्ने सुझाव दिए ।

नेपाल हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्यायले रेडिमेड वस्तुका व्यवसायीहरूले सक्कली बिल लिने अभियान नै चलाउनुपर्नेमा जोड दिए ।

उनले भक्तपरको कालो भादगाउँले टोपी भने जस्तै भक्तपुरको जिनको पाइन्ट, सुतीको सर्ट भनेर नयाँ नयाँ ब्राण्डका मौलिक उत्पादन गर्न ढिलो भइसकेको बताए । नेपाल चीन उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष युवक राजभण्डारीले भक्तपुरका व्यापारीहरू आफै उत्पादकसम्म पुगेर सामान ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

भक्तपुरका व्यवसायीहरूले काठमाडौंका डिलरबाट सामान ल्याउने गर्छन् । तर यहाँका व्यापारीहरू आफै उत्पादकसम्म पुगेर सामान ल्याउन सके उपभोक्ताले पनि सस्तो मूल्यमा सामान पाउने अध्यक्ष राजभण्डारीको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.