वाइडबडी किन्न अर्थ जमानी

वाइडबडी किन्न अर्थ जमानी

काठमाडौं: राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको लामो दूरीमा सञ्चालन हुने ठूलो जहाज (वाइडबडी) खरिदमा अर्थ मन्त्रालय जमानी बस्न सहमत भएको छ । वायुसेवा निगमका लागि नेपालबाट सीधै युरोप र अमेरिकासम्मको उडान गर्न सक्ने क्षमताको वाइडबडी जहाज किन्न जमानी बस्न अर्थ मन्त्रालय सहमत भएको हो ।

अर्थले आइतबार सहमति दिएपछि अब जहाज खरिद प्रक्रिया मन्त्रिपरिषद् पुग्ने भएको छ । सरकारले स्वीकृति दिएपछि निगमले सार्वजनिक खरिदको प्रस्ताव आह्वान गर्ने भएको छ ।

नेपाल वायुसेवा निगमले आइतबार पर्यटन र अर्थ मन्त्रालयका मन्त्री र सचिवलाई राखेर गरेको एक प्रस्तुतीकरण पश्चात अर्थले आवश्यक प्रक्रिया अगाडि बढाउन सहमति दिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । उनका अनुसार दुईवटा जहाज किन्न अर्थ मन्त्रालय जमानी बस्नुपर्छ । यसका निम्त अर्थ तयार भएको छ । अब अर्थको सहमतिपश्चात मन्त्रिपरिषद्बाट अनुमति पाउनुपर्छ ।

निगमले पहिलोपटक अन्तर्राष्ट्रिय उडानमा वाइडबडी जहाज खरिद गर्न लागेको छ । यो जहाज खरिद गर्न निगमले पैसाको जोहोका लागि अर्थको अनुमति मागेको थियो । अर्थले सहमति दिए पनि निगमले जहाज खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । निगमको जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले लगानी गर्ने इच्छा देखाएको पनि कंसाकारले बताए ।

निगमले खरिद गर्ने जहाजको व्यापारिक योजना योजना मागेकोले प्रस्तुतीकरणबाटै स्पष्ट पारेको र आइतबारै अर्थमन्त्री कृष्णबहादुर महराले सहमित दिएको जानकारी पनि कंसाकारले दिए ।

निगमले एक दशकदेखि अगाडि सारेको वाइडबडी जहाज खरिद योजना आगामी १८ महिनाभित्रै पूरा गर्ने गरी योजना अगाडि सारेको छ । निगमले आगामी २०७४ असोजसम्मा पहिलो र चैतसम्ममा दोस्रो जहाज ल्याउने गरी योजना तयार पारेको पनि निगमको भनाइ छ ।

निगमले एयरबस कम्पनीको दुई सय ५० सिटभन्दा ठूला वाइडबडी जहाज खरिदका लागि २५ अर्ब रुपैयाँ आवश्यक रहेको व्यापारिक योजनासहितको प्रतिवदेन सरकारलाई बुझाएको छ । सरकारले स्वीकृति दिएको १८ महिना भित्रमै दुईवटा वाइबडी ल्याउने दाबी कंसाकारको छ ।

निगमले दुई वाइडबडी खरिद गरेमा १७ प्रतिशत बजार हिस्सा पु‌र्‌याउने व्यावसायिक योजना तयार पारेको छ । हाल निगमको बजार हिस्सा वार्षिक आठ प्रतिशत मात्रै छ । वायुसेवा निगमले सन् २००८ पछि पर्यटन मन्त्रालय हुँदै सरकारलाई बुझाउन थालेको थियो ।

निगमले कंसाकारकै समयमा २०६५ सालमा नै वाइडबडी जहाजको खरिद प्रक्रिया अगाडि बढाएको थियो । फेरि कंसाकारले नै जिम्मेवारी सम्हालेका बेला पुनः यो प्रस्ताव अगाडि सरेको छ । निगम स्थापना भएको ५८ वर्ष भइसके पनि हाल अन्तर्राष्ट्रिय उडानमा जम्मा तीनवटा जहाजमात्रै बनाउन सकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.