बैंकिङ क्षेत्रको लगानी बढ्यो

बैंकिङ क्षेत्रको लगानी बढ्यो

काठमाडौं: बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय लगानी (कर्जा) विस्तार गरेका छन् । अर्थतन्त्र चलायमान हुनका साथै नेपाल राष्ट्र बैंकले विभिन्न क्षेत्रमा लगानी गर्नैपर्ने वाध्यकारी नीति अवलम्वन गरेका कारण उनीहरूले लगानी बढाएका हुन् । लगानीका १३ क्षेत्रमध्ये खानीजन्य क्षेत्र वाहेक अन्य सबै क्षेत्रको लगानी बढेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा वाणिज्य बैंक र विकास बैंकको लगानी बढेको छ तर वित्त कम्पनीको लगानी घटेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा १६ खर्ब ८१ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन् । गएको वर्ष भएको लगानी अघिल्लो आव २०७१/७२ को तुलनामा २३.७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा १३ खर्ब ६२ अर्ब आठ करोड रुपैयाँ लगानी गरेका थिए । अघिल्लो वर्ष बैंक तथा वित्तीय क्षेत्रको यस्तो लगानी २०.२ प्रतिशतले मात्र वृद्धि भएको थियो ।

भूकम्प र ६ महिना लामो नाकाबन्दीको असर कम हुँदैजाँदा गएको वर्षको चौथो त्रैमासदेखि आर्थिक गतिविधि चलायमान भएका कारण निजी क्षेत्रतर्फको लगानी विस्तार भएको हो । राजनीतिक स्थिरताका कारण बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी जोखिममा पर्ने डरले खुम्चाएका थिए । पछिल्लो समय सरकारले लगानी प्रवद्र्धन सम्बन्धी विभिन्न योजना ल्याएपछि बैंकको लगानी पनि बढ्न गएको हो ।

निजी क्षेत्रतर्फ प्रवाहित लगानीमध्ये वाणिज्य बैंक र विकास बैंकको लगानी क्रमशः २६.५ प्रतिशत र २०.३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीको लगानी १२.५ प्रतिशतले घटेको छ । प्रतिशतका हिसाबले समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फ सबैभन्दा बढी लगानी गरिएको देखिए पनि रकमअनुसार सबैभन्दा बढी लगानी थोक तथा खुद्रा व्यापारतर्फ भएको छ ।

अघिल्लो वर्षको तुलनामा गएको वर्ष यातायात, सञ्चार तथा सार्वजनिक सेवामा बैंक तथा वित्तीय क्षेत्रले ३९.८ प्रतिशतले लगानी वृद्धि गरी ८३ अर्ब ९६ करोड रुपैयाँ पुर्‌याएका छन् । थोक तथा खुद्रा व्यापारमा बैंक तथा वित्तीय क्षेत्रले २५.८ प्रतिशतले लगानी बढाएर तीन खर्ब ७४ अर्ब ३४ करोड रुपैयाँ पुर्‌याएका छन् ।

ययसै गरी गएको वर्ष वित्तीय, बिमा तथा स्थिर सम्पत्तितर्फको बैंक तथा वित्तीय क्षेत्रको लगानी २५.९ प्रतिशतले बढेर एक खर्ब सात अर्ब २५ करोड पुगेको छ । कृषि क्षेत्रतर्फको लगानी २१ प्रतिशतले बढेर ७८ अर्ब ७९ करोड रुपैयाँ पुगको छ । लगानीका अन्य क्षेत्रभन्दा तुलनात्मक रूपमा यो क्षेत्र कम जोखिमयुक्त हुनुका साथै समयमै कर्जा असुली हुने भएकाले बैंकको लगानी त्यसतर्फ बढाएका हुन् ।

२०७३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको लगानीमध्ये ६०.८ प्रतिशत घरजग्गाको धितोमा र १५.२ प्रतिशत लगानी चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गामा दुई खर्ब ५० अर्ब ८७ करोड छ । कर्जा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल लगानीको १४.९ प्रतिशत हुन आउँछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.