देउडा खेलिरहेका बेला दुर्इ समूहबीच झडप, एकजना गम्भीर घाइते
![देउडा खेलिरहेका बेला दुर्इ समूहबीच झडप, एकजना गम्भीर घाइते](https://annapurnapost.prixacdn.net/media/albums/chakku-prahar-57d671408700b3.36788224_Z0bxDncO8K.jpg)
दार्चुला: चक्कु प्रहारबाट दार्चुलामा एक युुवक गम्भीर घाइते भएका छन्। चक्कु प्रहार गर्ने समूहका तीनजनालाई भने प्रहरीले पक्राउ गरेको छ।
अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुँवर चक्कु प्रहरबाट घाइते भएका हुन्। घाइते कुँवरको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको छ।
अपी नगरपालिका–५ छापरीको कोटमा देउडा खेलिरहेका बेला सोमबार बिहान तीन बजेतिर दुई समूहबीच झडप भएको बताइएको छ।
पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाउँकै १६ वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए।रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)