प्रधानमन्त्रीकाे कार्यक्रममा हिँडेका मन्त्रीसहित सयाैं कार्यकर्ता राैतहटमै रोकिए

प्रधानमन्त्रीकाे कार्यक्रममा हिँडेका मन्त्रीसहित सयाैं कार्यकर्ता राैतहटमै रोकिए

रौतहटः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरहामा सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन हिँडेका ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, सांसदहरुसहित नेकपा माओवादीका सयौं कार्यकर्ताहरु राैतहटमै रोकिएका छन्।

प्रधानमन्त्री प्रचण्ड सिरहामा आयोजित कार्यक्रममा अाउने भएकाले त्यहाँ हिँडेका राज्यमन्त्री भगत, माअोवादी केन्द्रका सांसदहरु र सयौं कायकर्ताहरु रौतहटमै रोकिएका हुन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरको पौराइ जंगलमा बाढी आएपछि ऊर्जा राज्यमन्त्री भगत, सांसदहरु प्रभु साह, सुरेन्द्र जयसवाल तथा बारा र पर्सा जिल्लाका सांसदहरुसहित पाँच सय कार्यकर्ताहरु विहानैदेखि रोकिएका छन्।

सांसद तथा माओवादी केन्द्रका नेता प्रभु साहले सयाैं कार्यकर्ताहरुसँगै आफु पनि चन्द्रनिगाहपुरमा रोकिएको बताउँदै प्रधानमन्त्रीनै रौतहट आउने कार्यक्रम तयारी भैरहेको बताए।

मौसम प्रतिकुलताका कारण काठमाडौंबाट हेलिकप्टर उड्न नसेको जानकारी दिँदै दिउसो ३ बजेसम्म मौसम सफा भए पहिले प्रधानमन्त्री चन्द्रनिगाहपुर आउने र त्यसपछि सिरहा जाने साहले बताए। नेकपा माओवादी केन्द्रका अर्का नेता युवराज भट्टराईले रौतहटमा पनि प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रमको तयारी भइरहेको जानकारी दिए।

बाढीमा पसेका यात्रुको उद्धार

रौतहटमा बाढीमा अड्कीएको यात्रुबाहकमा सवार सवै यात्रुहरुलाई सुरक्षाकर्मीहरुले उद्धार गरेको छन्।शसस्त्र प्रहरी र नेपाल प्रहरीले करीव एकघण्टापछि यात्रुहरुलाई उद्धार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए।

राजमार्ग बन्द हुँदा जंगल क्षेत्रमा र चन्द्रनिगाहपुर क्षेत्रमा करिव एक हजारभन्दा बढी सवारी साधन रोकिएका छन्। राजमार्गमा पानी नघटेकाले तत्काल सवारी साधन आवतजावत गर्न नसक्ने जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक बिज्ञान बस्नेतले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.