केही दिन यसरी नै झरी पर्ने

केही दिन यसरी नै झरी पर्ने

काठमाडौंः मनसुन सकिनै लागेका बेला देशभरि सुरु भएको झरी अझै केही दिन रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबारदेखि सुरु भएको झरी अझै कम्तिमा दुई दिन जारी रहने मौसमविद्हरुको भनाइ छ।

भारतको पश्चिम बंगाल र बिहारमा केन्द्रित भएको न्यूनचापीय क्षेत्र नेपाल नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यो रेखा पश्चिम नेपाल नजिक रहेका कारण पनि धेरै जल वाष्प नेपालतर्फ आएकोले देशैभरी वर्षा भएको हो।

मौसमविद् सुवास रिमालका अनुसार, सोमबार देशभरी वर्षा भएको छ। पूर्व र मध्यमा बढी तथा पश्चिममा पनि वर्षा भइरहेको छ। हिमाल पहाड तराई सबैतिर झरी परिरहेको महाशाखाले जनाएको छ। रिमालका अनुसार, झरी पर्ने यो क्रम मंगलबारसम्म रोकिदैन । बुधारदेखि भने मौसममा केही सुधार आउने अनुमान महाशाखाको छ। मंगलबार खासगरी पश्चिम नेपालका धेरै स्थानमा बढी झरीको अनुमान छ।

भारतको उडिसा र बंगालको खाडीमा पनि वर्षा सक्रिय गराउने मनसुन प्रणाली रहेकोले त्यसको असर नेपालसम्म आइपुगेको विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.