कक्षामा केटीहरु वेहोश हुन थालेपछि

कक्षामा केटीहरु वेहोश हुन थालेपछि

खोटाङः खोटाङस्थित शारदा माबि हौंचुरका विद्यार्थीहरुमा मास हिस्टेरिया देखा परेपछि पठनपाठन प्रभावित भएको छ ।

विद्यालयमा अध्ययनरत छात्राहरुमा मास हिस्टेरियाका कारण बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि बिद्यालयको पठनपाठन प्रभावित भएको हो ।

कक्षा–६ देखि माथिका छात्रा विद्यार्थीमा महिना दिनअघिदेखि उक्त लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक रामकुमार बरुवालले जानकारी दिए । कक्षा–१० मा अध्ययनरत सविना बरुवाल र रक्षा कार्कीबाट शुरु भएकोमा हाल दैनिक १२ देखि १५ जना छात्रामा त्यस्तो समस्या देखिन्छ ।

छात्रा विद्यार्थी बिरामी भएपछि महिना दिनदेखि पठनपाठनमा समस्या भएको विद्यालय परिवारले जनाएको छ । विद्यार्थीमा देखिएको लक्षणका बारेमा स्वास्थ्य उपचार गराउँदा समेत समाधान नभएको शिक्षकहरुले बताएका छन् ।

विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीमा यसअघि वि.सं. २०६०/०६१ मा पनि सोही किसिमको लक्षण देखिएको विद्यालय परिवारले जनाएको छ । उस बेला छात्रा विद्यार्थीमा देखिएको लक्षण केही महिनापछि आफै नियन्त्रणमा आएको थियो ।

शारदा मावि हौंचुरमा अध्ययनरत छात्रा विद्यार्थीमा देखिएको लक्षण ‘मास हिस्टेरिया’ भएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए । डाक्टर केसीका अनुसार त्यस्तो बिरामीलाई परामर्शको आवश्यकक्ता पर्दछ ।

सामाजिक परामर्शकर्ताबाट परामर्श पाएपछि बिस्तारै ठीक हुँदै जाने केसीको भनाई छ । यसअघि जिल्लाको खार्मी, विजयखर्क, बाक्सिला लगायत गाविसका विद्यालयमा अध्ययनरत विद्यार्थीमा समेत यस प्रकारको लक्षण देखिएको थियो ।

उक्त विद्यालयहरुमा देखिएको समस्या केही समयपछि नियन्त्रणमा आएको शिक्षकहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.