वीरगंजमा दिनदहाडै गाडीसहित व्यापारी लुटिए

वीरगंजमा दिनदहाडै गाडीसहित व्यापारी लुटिए

वीरगन्जः पर्सा प्रहरीले दिनदहाडै मालवाहक गाडी र व्यापारीलाई लुटने गिरोहका तीन जना लुटेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाराको बहुअरी गाविस वडा नम्बर ३ निवासी १६ वर्षिय राम कुमार पटेल , १६ वर्षिय जटाशंकर पटेल र वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ पिपराका १७ वर्षिय राजाबाबु पटेल रहेका छन् ।

उनीहरुलाई आइतबार राति वीरगन्जको पिपरा र बाराको बहुअरी गाँउबाट प्रहरीले पक्राउ गरेको हो ।

वीरगन्ज उपमहानरपालिका वडा नम्बर २६ मा रहेको चन्दन लुब्रिकेटिङ वर्कसपबाट मोबिल लिएर वीरगन्जको गण्डक चोक तर्फ आउदै गरेको को १ च ४२५२ नम्बरको पिकअप भ्यानलाइ गण्डक नहरको सुनसान स्थानमा आइतवार दिउसो १ बजे तिर ६/७ जनाको संख्यामा रहेका लुटेराहरुको गिरोहले रोकर लुटपाट गरेका थिए ।

लुटेरा गिरोहले गाडीमा सवार मोबिल व्यपारी सुनसरी जिल्लाको दुहबी भल्वा नगरपालिका घर भएका नारायण साह र गाडीका चालक सुर्यनारायण राजबंशीलाइ कुटपिट गरि चालक साहको साथबाट ३२ हजार नगद रुपैया र मोबाइल सेट लुटेर फरार भएका थिए ।

घटनाका बारेमा पिडितहरुले आइतवार दिउँसो प्रहरीलाइ खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले लुटरा गिरोह मध्येका तीन जनालाइ आइतवार राति पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

लुटेराहरुको साथबाट लुटिएको रकम मध्ये नौ हजार पाँच सय रुपैया र चार थान मोबाइल पनि बरामद गरिएको प्रहर्ीउपरिक्षक श्रेष्ठले बताए ।
लुटेरा गिरोह मध्येका चार जना फरार रहेकाले उनिहरुको खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.