नेपालले जमकालाई हरायो

नेपालले जमकालाई हरायो

काठमाडौं: अजरबैजानमा जारी ४२ औं चेस ओलम्पियाडको नवौं चरणको खेलमा सोमबार नेपालको पुरुष टोलीले जमैकालाई निकै रोचक भिडन्तबीच २.५—१.५ ले पराजित गरेको छ । नेपाल १२७ औं र जमैका ११५ औं स्थानमा रहेका टोली हुन् । नेपाल पाकिस्तान, श्रीलंका, दक्षिणी कोरियालगायत ३४ वटा राष्ट्र रहेको ‘डी’ समूहमा नौ अंकसहित दोस्रो स्थानमा छ ।

दसौं चरणको खेलमा चाइनिज ताइपेईलाई पराजित गरेमा नेपालको पुरुष टोलीले पदक हात पार्ने निश्चित छ । महिला टोलीले पाकिस्तानसँग २—२ को बराबरी खेल्दै अंक बाँड्यो । महिला टोलीको पाँच अंक छ । पुरुषतर्फ नवौं चरणको खेलमा विलमलाल श्रेष्ठ र क्षितिज भण्डारीले जित हात पारे । पहिलो बोर्डमा २०९९ रेटेड केशव श्रेष्ठले २२३८ रेटेड इलियट वारेनसँग बराबरी खेले ।

यसैगरी २०३४ रेटेड सजिन महर्जन २११७ रेटेड डेमन डेभवर्टसँग पराजित भए । आठौं चरणको खेलमा इन्टरनेसनल मास्टर (आईएम) लाई पराजित गरेका २०१३ रेटेड क्षितिजले तेस्रो बोर्डमा खेलेर २१६१ रेटेड र्मोर्ने मलाकुलाई हराए । क्षितिजले यो जितसँगै क्यान्डिडेट मास्टर (सीएम) को उपाधि पनि हात पारेका छन् । चौथो बोर्डमा २०१७ रेटेड विलमले २०७४ रेटेड विल्सन ब्रन्डनलाई हराए । विलमको यो आठ खेलमा छैटौं जित हो । प्रतियोगितामा उनको व्यक्तिगत अंक सात पुगेको छ । नेपालको पुरुष टोलीले १० औं चरणको खेलमा चाइजिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।

महिला स्पर्धामा भने नेपाली टोलीले पाकिस्तानसँग बराबरी खेल्यो । नेपालकी सिन्दिरा जोशी र सुजना लोहनीले जित हात पारे । अस्मिता अधिकारी र शान्ता थापा भने पराजित भए । सुजनाको सात खेलमा यो पाँचौं जित हो । उनी दुई खेल बाँकी रहँदा नेपालको पहिलो डब्लूएफ उपाधि हात पार्ने खेलाडी बन्नबाट केवल एक अंक टाढा छिन् । नेपालको महिला टोलीले १० औं चरणको खेलमा लेसेथोको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.