वावरिन्काले जिते यूएस ओपन

 वावरिन्काले जिते यूएस ओपन

न्युयोर्कः वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको पुरुष एकलतर्फको उपाधि स्विट्जरल्यान्डका स्टान वावरिन्काले जितेका छन् । वावरिन्काले आइतबार राति भएको खेलमा साबिक विजेता नोभाक जोकोभिचलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । सर्बियाका जोकोभिच विश्व वरीयताको पहिलो स्थानमा आसीन खेलाडी हुन् ।

विश्व वरीयताको तेस्रो स्थानमा रहेका ३१ वर्षीय वावरिन्काले यूएस ओपनको उपाधि जितेको यो पहिलो पटक हो । समग्रमा भने उनको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा वावारिन्काले जोकोभिचलाई ६–७ (१), ६–४, ७–५, ६–३ अंकले पराजित गरेका हुन् । फाइनल खेलपछि जोकोभिचले समेत वावरिन्काको प्रशंसा गरे । ‘उनी उत्कृष्ट खेलाडी हुन् । उनी मानसिक रूपमा समेत कडा प्रतिस्पर्धी हुन्’, जोकोभिचले भने ।

वावरिन्का यूएस ओपनको उपाधि जित्ने पछिल्लो ४६ वर्षयताकै सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । यसअघि सन् १९७० मा अस्टे«लियन खेलाडी केन रोसवालले ३५ वर्षको उमेरमा यूएस ओपनको उपाधि जितेका थिए ।

फाइनलको यात्रा तय गर्न जोकोभिचले मैदानमा नौ घन्टामात्रै खर्चिएका थिए भने वावरिन्काले त्यसको दोब्बर १८ घन्टा समय लगाएका थिए । अघिल्ला दुई चरणको खेलमा विपक्षी खेलाडीले चोटका कारण ‘वाक ओभर’ दिएपछि जोकोभिच सहजै अघि बढेका थिए ।

उपाधि जितेपछि निकै हर्षित देखिएका वावरिन्काले उपाधिसम्म पुग्न आफूले मैदानमा निकै मेहनत गरेको प्रतिक्रिया दिए । ‘इमानदारीपूर्वक भन्नुपर्दा मैदानमा मैले निकै मेहनत गरेँ र आफ्नो सबै क्षमता खर्चिएँ’, खेलपछि वावरिन्काले भने ।

फाइनल खेल चार घन्टासम्म चलेको थियो । वावरिन्काले जोकोभिचविरुद्ध पाएको १७ ब्रेक प्वाइन्टमध्ये १४ अवसरमा सफलता प्राप्त गरेका थिए । खेलको अन्त्यतिर जोकोभिचले मेडिकल सहयोगसमेत लिनु परेको थियो ।

यूएस ओपनको उपाधिसँगै वावरिन्काले जोकोभिचसँगको आफ्नो ‘हेड टु हेड’ नतिजामा समेत सुधार ल्याएका छन् । वावरिन्काले जोकोभिचविरुद्ध अहिलेसम्मको २४ प्रतिस्पर्धामध्ये पाँचमा जित हात पारेका छन् ।

वावरिन्काले थोरै भए पनि जोकोभिचविरुद्ध महŒवपूर्ण अवसरमा जित हात पारेका छन् । वावरिन्काले यसअघि सन् २०१४ को अस्टे«लियन ओपनको क्वार्टरफाइनल र सन् २०१५ को फ्रेन्च ओपनको फाइनलमा जोकोभिचलाई हराउँदै उपाधि कुम्ल्याएका थिए । महिला एकलतर्फको उपाधि भने जर्मन खेलाडी एन्जेलिक केर्बरले जितेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.