लिंगो उठाएपछि इन्द्रजात्रा सुरुभयो (फोटोफिचर)
तस्बिरः दिनेशविक्रम शाह
काठमाडौँः मंगलबार बिहान बसन्तपुरको हनुमानढोका क्षेत्रमा ३२ हातको लिंगो उठाएपछि इन्द्रजात्रा सुरु भएको छ । विभिन्न विधि विधान पुर्याएर भाद्र शुक्ल द्वादशीका दिन भक्तपुरको जंगलबाट ल्याइएको लिंगो हनुमानढोकामा उठाएपछि इन्धजात्रा विधिवत सुरु भएको हो ।
लिङ्गो उठाउने क्रममा दुईजना घाइते भएका छन्। लिङ्गो ढल्दा नेपाली सेनाका हबल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोकका पुष्प लामा गम्भीर घाइते भएका छन् । लिंगो उठाउने क्रममा ढल्नुलाई अशुभ मानिन्छ । घाइते दुवैको वीर अस्पतालमा उपचार भइराखेको छ ।
इन्द्रजात्राको लिंगो उठाउने क्रममा बाजागाजासहित गुर्जुको पल्टनले तोप पड्काएको छ । सरकाले इन्द्रजात्राको अवसरमा भाद्र ३० गतेका लागि सार्वजनिक बिदा समेत दिएको छ ।