अमेरिकी नागरिक केनेथको विवरण इन्टरपोलसँग माग

अमेरिकी नागरिक केनेथको विवरण इन्टरपोलसँग माग

काठमाडौः बाल यौन दुराचारको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक केनेथ जोसेफ कुम्सको थप आपराधिक विवरणका लागि प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा केनेथ बाल यौन दुराचारका अपराधको रेकर्डमा फेला परे पनि उनको थप विवरणका लागि नेपालको इन्टरपोल शाखामार्फत अमेरिकी इन्टरपोललाई पत्राचार गरिएको हो ।

ब्युरोका अनुसार केनेथ पटके बालयौन दुराचारी हुन् । उनी पर्यटक भिसामा दुई वर्षदेखि लगातार नेपाल बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले केनेथको अपराध विवरण खोजी गर्दा अमेरिकामा समेत यौन अपराधमा खोजीको सूचीमा रहेको अनुसन्धानले देखाएको छ ।

केनेथको नेपाल बसाइबारे ब्युरोले अध्यागमन विभागसँग समन्वय गर्दा उनी सन् २०१४ देखि लगातार ६ पटकसम्म नेपाल आएको जानकारी ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले बताए । ‘केनेथ पर्यटक भिसामा नेपाल आउने र ९० दिन बसाइपछि पुनः स्वदेश फर्किने गरेको पाइयो’, सिलवालले भने, ‘अमेरिकामा समेत यौन अपराधमा मुछिएकाले इन्टरपोलमार्फत थप अपराध विवरण माग गरेका छौं ।’

ब्युरोले गत शुक्रबार ठमेलस्थित यम्बु होटलबाट पाँचजना बालकसहित केनेथ जोसेफ कुम्स र उनका सहयोगी स्वयम्भू बस्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो । प्रहरीले केनेट बसेको होटलको कोठाबाट क्यामेरा र फोनसमेत बरामद गरेको थियो । क्यामेरा र फोन लक गरेर राखे पनि ब्युरोले ल्याबमा पठाउँदा बालकका नग्न तस्बिर फेला परेको जानकारी डीआईजी सिलवालले दिए ।

उनले भने, ‘नेपाल आउजाउ गरिरहने केनेथले कसैलाई छोरा त कसैलाई बहिनी बनाउँदै हिँडेका रहेछन् । साइनो लगाउँदै यौन दुराचारमा संलग्न उनको थप अपराध विवरणका लागि अन्तर्राष्ट्रिय सहयोग मागेका छौं ।’

ब्युरोका अनुसार केनेथले गत वर्ष नेपालमा भूकम्प गएको समयमा समेत बालबालिकालाई लत्ताकपडा बाँडेका थिए । केनेथसँगै पक्राउ परेका पुतवारले करिब ५० बालकलाई यौन दुराचार अपराधमा संलग्न गराएको सूचना ब्युरोलाई दिएका छन् ।

केनेथ पक्राउपछि अमेरिकी दूतावासबाट समेत केही अधिकारी ब्युरोमा पुगेका थिए । अमेरिकी अधिकारीले केनेथका बारेमा थप अनुसन्धानका लागि सहयोग गर्ने र नेपालको कानुनअनुसार कारबाहीपछि छुटे पनि अमेरिकी राहदानी बोकेर अन्य मुलुकमा अपराध गरेकाले आफ्नै मुलुकको ऐनकानुनअनुसार कारबाही हुने जनाएका थिए ।
ब्युरो प्रमुख सिलवालका अनुसार केनेथले बाल यौन दुराचारका लागि ठमेल मात्रै नभएर थानकोट, पोखरा र नगरकोटका विभिन्न होटल तथा रिसोर्ट समेत प्रयोग गरेकाले होटलका सम्बन्धमा समेत छानबिन अगाडि बढाइने बताए ।

उनले भने, ‘होटल सञ्चालकको पनि जबाफदेहिता होला नि, कस्ता मान्छेलाई राख्ने नराख्ने भन्ने ख्याल गर्नु पर्दैन ? होटल अपराध गर्ने थलो बन्नु हुँदैन, त्यसैले छानबिन हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.