औषधि पसलबाट बिरामी ठगिए

औषधि पसलबाट बिरामी ठगिए

वीरगन्जः वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा निजी औषधि पसलका दलालबाट बिरामी ठगिने क्रम बढेको छ । अस्पताल परिसरभित्र र बाहिर सञ्चालनमा रहेका निजी औषधि पसलका सञ्चालकले बिरामी र उनीहरूका कुरुवालाई दबाब दिएर आफ्नै पसलमा किन्न बाध्य पार्दै आएका छन् ।

अस्पतालले ७० प्रकारका औषधि निः शुल्क उपलब्ध गराउनु पर्ने प्रावधान छ तर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले निःशुल्क दिनुपर्ने औषधि सहज रूपमा उपलब्ध नगराउँदा बिरामी र कुरुवा निजी औषधि पसल र फार्मेसीबाट चर्को मूल्यमा औषधि किन्न बाध्य भएका हुन् ।

अस्पताल परिसरभित्रै एउटा र बाहिर अस्पतालकै भवनको सटरमा १६ वटा निजी औषधि पसल सञ्चालनमा रहेका छन् । हरेक औषधि पसलले अस्पतालमा आआफ्ना दलाल खटाएका छन् । ती दलालले ग्रामीण क्षेत्रबाट आएका सोझा बिरामी र कुरुवा देख्नेबित्तिकै उनीहरू भर्ना भएको बेडमा जाने र पुर्जीमा औषधिको नाम लेख्नेवित्तिकै आफ्नो औषधि पसल लगेर औषधि किनाउने गरेका छन् ।

अस्पतालको बेड नम्बर ११ मा शनिबार भर्ना भएकी बारा मोतिसरकी प्रमिला देवी र बेड नम्बर १२ मा भर्ना भएका नवि मियालाई निजी औषधि पसलका दलालले बाहिरको निजी पसलमा लगेर औषधि किन्न लगाएपछि बिरामी ठगिएको घटना पुष्टि भएको हो ।

डाक्टरले औषधि लेख्नेबित्तिकै सहयोग गर्ने बहानामा दलालले आफ्नो औषधि पसलमा लगेर औषधि किन्न बाध्य बनाएको बिरामी प्रमिला देवीले बताइन् । ‘डाक्टरले चेकजाँच गरेर पुर्जीमा औषधि लेख्नेबित्तिक्कै एकजना नचिनेका मान्छेले म सहयोग गरिदिन्छु भन्दै मेरो श्रीमान्लाई बाहिर लगेरे औषधि किन्न लगाए’, बिरामी प्रमीला देवीले भनिन्, ‘हामी गाँउको मान्छे केही बोल्न पनि सकेनौं ।’

अस्पतालको शुल्क तिर्ने ठाउँका कर्मचारीबाट पनि बिरामी ठगिने गरेका छन् । ज्वरो आउनुका साथै प्रेसर कम देखिएर अस्पतालको बेड नम्बर १२ मा भर्ना भएका मियाकी श्रीमती करिमा खातुनलाई अस्पतालकै कर्मचारीले पनि ठगेका हुन् ।

१३ सय ९५ लिएर ११ सय ४५ रुपैयाँको मात्रै रसिद दिएको करिमाले बताइन् । ‘मैले पहिला एक हजार रुपैयाँ दिएँ, पछि पुगेन भनेपछि थप पाँच सय रुपैयाँको पनि नोट दिएँ’, उनले भनिन्, ‘तर काउन्टरभित्र बसेका कर्मचारीले एक सय पाँच रुपैयाँ मात्रै फिर्ता गरे, रसिद १३ सय ९५ रुपैयाँको मात्रै दिए ।’

सरकारी अस्पताल परिसरभित्र सञ्चालनमा रहेका निजी औषधि पसल हटाउन सर्वोच्च अदालतले निर्देशन दिएको महिनौ बितिसक्दा पनि नारायणी उपक्षेत्रीय अस्पताल परिसरभित्र आकस्मिक उपचार कक्षछेउमै रहेको औषधि पसल अहिलेसम्म पनि हटाइएको छैन ।

‘पसल खाली गराउन पटकपटक ताकेता गरे पनि अटेरी गरेका छन्,’ अस्पतालका सूचना अधिकृत रमेश चौधरीले भने, ‘स्थानीय प्रशासनलाई समेत खाली गराइदिन पत्रचार गरेको ६ महिना बितिसक्दा पनि हालसम्म कुनै सुनवाइ भएको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.